१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

अरुका कारण नभई कांग्रेस आफ्नै कारणले कमजोर भयो– नेता सत्तार

अरुका कारण नभई कांग्रेस आफ्नै कारणले कमजोर भयो– नेता सत्तार
अ अ+ अ-

कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले अरुका कारण नभई कांग्रेस आफ्नै कारणले कमजोर बनेको बताउनुभएको छ । नेपाली कांग्रेसको आन्तरिक विशेष अभियान अन्तरगत केन्द्रीय प्रतिनिधिका रुपमा कपिलवस्तुमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सत्तारले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विपक्षी तथा अन्य दल काग्रेससँग डराइरहेका छन् तर कांग्रेसका नेता तथा कार्यकर्ताहरु नै कांग्रेस सकियो भन्छन्, अब यस्तो कुरा स्वीकार्य हुँदैन ।” उहाँका अनुसार राजा र माओवादीले समेत सक्न नसकेको कांग्रेस सकिँदैन ।

“कांग्रेस विचार, हो सिद्धान्त हो । यो कहिल्यै सकिँदैन”, उहाले भन्नुभयो, “केही समय जनतासँगको सामिप्यता कमजोर भएको हो, अब यसलाई पुनर्जीवन दिनुपर्छ । जनताको लागि मुख्य एजेण्डा पहिल्याए त्यसको आवाज उठाउनु पर्छ ।”

उहाँले जनताको कांग्रेस अभियान कपिलवस्तुबाटै सुरु गर्न आग्रह गर्दै गुटभन्दा माथि उठेर काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “गुटको रुपमा होइन, जिम्मेवारी र पदको गरिमा अनुसार काम गर्नुस्, गुट गौण कुरा हो ।”

उहाँले पार्टी भित्र केही समस्या रहेको जनाउँदै ती समस्या नेतालाई गाली मात्र गरेर समाधान नहुने स्पष्ट पार्नुभयो । उहाले भन्नुभयो, “फेद र टुप्पोको कुरा गरेर समय बर्बाद गर्नुभन्दा पार्टी बलियो बनाउने जनताका मुद्दामा छलफल गर्ने संस्कारको विकास गरौँ ।”

नेता सत्तारले पार्टीमा रुपान्तरणको विषय गौण भएको उल्लेख गर्दै बन्द कोठाभित्र नेतृत्वलाई गरिने गाली स्वाभाविक भए पनि सडकमा छताछुल्ल गर्नु गलत भएको बताउनुभयो ।

उहाँले संघ, प्रदेश र स्थानीय तहमा ठुलो दल र सरकारमा भएका अनुभूति दिलाउन नसक्नु दु:खद भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘पार्टीले यो कुरालाई गम्भिर रुपमा लिनुपर्छ । म त्यसका लागि पहल गर्छु ।’

जनताले खोलेको जस्तो कांग्रेस बनाउन अभियान सुरु भएको उल्लेख गर्दे उहाँले भन्नुभयो, “हामी बिपीका कार्यकर्ता हौँ, सुन्ने ,मिल्ने र बहस गर्ने क्षमता र शक्ति छ । त्यो व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्छ ।