३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा
अ+ अ-

बेदकोट । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस धामसमेत जोखिममा परेको स्थानीयवासीको गुनसो छ ।

“विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्याएको छ”, स्थानीयवासी महेन्द्र बोहरा भन्नुहुन्छ, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।” कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण र सम्वद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उहाँको माग छ ।

लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । “बेदकोटको चिनारीको रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ”, अर्का स्थानीयवासी कपिल जोशी भन्नुहुन्छ, “ यो नगर विदेशमा समेत परिचित छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।”

लिङ्गेश्वर क्षेत्रमा केहीवर्ष अघि निर्माण गरिएको मन्दिर, मूर्ति पर्यटकका लागि तस्बिर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ समेत बाढीले भत्काएको छ । “नदीले कटान गरेर लिङ्गेश्वर क्षेत्र जोखिममा छ, केहीवर्ष अघि निर्माण गरिएको मन्दिर बगाएको छ”, बेदकोट नगरपालिका–४ का गणेशदत्त भट्टको गुनासो छ ।

बलियो तटबन्ध निर्माण गरेर यस धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गरिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दैजी बजारबाट करिब आठ किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रमा रहेको लिङ्गेश्वर धामको मनमोहक दृष्यले हरेकको ध्यान तान्ने गरेको छ ।

चारैतिर हरियाली र शान्त वातावरण रहेको र करिब पाँच सय मिटर फराकिलो लिङ्गेश्वरको दृष्य मनमोहक छ । यस क्षेत्रको प्रचारप्रसार भएसँगै अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको भनाइ छ । लिङ्गेश्वर धामको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । रासस