६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा म मन्त्री थिइनँ– पूर्वमन्त्री जोशी

ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा म मन्त्री थिइनँ– पूर्वमन्त्री जोशी
अ+ अ-

काठमाडौँ । पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले ललिता निवास प्रकरणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उहाँले ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा आफू मन्त्री पदमा नभएको स्पष्ट गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “समाचार माध्यमहरुमा आएअनुसार २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा म मन्त्री पदमा थिइनँ । मन्त्री पदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालीन बाबुराम भट्टराई मन्त्रिपरिषद्मा रहेको हुँ । म पछि तत्कालीन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषद्को समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइनँ । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका स्रोत भएका छन् ।”

“यसअघि पनि पटक पटक जानकारी दिएअनुसार नै अदालतको दोस्रो ताकेतापछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रुपमा मेरोमार्फत निर्णयकालागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हो । सो म्बन्धी निर्णय प्रक्रियामा मेरो कुनै सहभागिता छैन ।
जे जसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेरो पूरा सहयोग रहने छ”, उहाँले भन्नुभएको छ ।

वर्तमान सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानमा आफ्नो पूरै समर्थन छ भन्दै पूर्वमन्त्री जोशीले भन्नुभएको छ, “देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ ।”