२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको अवरोध खुलाउन सभामुख र शीर्ष नेताहरुबिचको छलफल सुरू



अ+ अ-

काठमाडौं । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरुबिचको बैठक सुरू भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा संसदको अवरोध हटाउने र संसदीय समितिलाई पूर्णता दिनेलगायतका विषयमा छलफल केन्द्रित छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ सहित प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा दलका प्रमुख सचेतक र सचेतकहरु पनि सहभागी छन् ।

साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो। राष्ट्रियसभाको बैठक पनि स्थगन हुँदै आएको छ ।

दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएकाले सो अगाडि सहमतिको पहल गर्न लागिएको हो । निकासका लागि सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुई पटक टेलिफोन संवाद गरेका थिए । सभामुखले प्रमुख सचेतक र सचेतकसँग विभिन्न चरणमा छलफल गरेका थिए ।