१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो माओवादी बैठक: हलमा गुन्जियो ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलाम’ को नारा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो ।

बैठक समापनका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्रका नेताहरूबीच भएको एकअर्काप्रतिको आशंका अन्त्य भएको दाबी गरेका छन् ।

आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रचण्डले भने,’हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ।’

त्यसपछि केन्द्रीय सदस्यहरूले बैठकमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलाम’ को नारा लगाएका थिए ।

महासचिव देव गुरुङले दुई दुई पटक नारा लगाएर साथ दिन अनुरोध गर्दै श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड ! ‘लाल सलाम लाल सलाम’ भन्दै बैठक टुंग्याएका थिए ।