• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

विवेकशील साझाले बुझायो सभामुख घिमिरेलाई ‘गोैरवमय साँस्कृतिक मानचित्र’



काठमाडौं । विवेकशील साझा पार्टीले प्रकाशन गरेको ‘ऐतिहासिक नेपालको गोैरवमय साँस्कृतिक मानचित्र’ सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरेको छ । सार्वभोैम नेपालको गोैरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन नक्सा हस्तान्तरण गरिएको सो पार्टीले जनाएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टी अध्यक्ष समीक्षा वास्कोटा,उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रवक्ता आशुतोष प्रधान, केन्द्रीय सदस्यहरु नवराज थापा,सुरज प्रधान,मिलन परियार, निरञ्जन चापागाँई,चन्द्र श्रेष्ठ सम्मिलित टोलीले सभामुख घिमिरेलाई गोैरवमय साँस्कृतिक मानचित्र हस्तान्तरण गरेको हो।

प्राचीन राष्ट्र नेपालको सुगोैली सन्धी अगाडीको भू-भाग र वर्तमान भु-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वोैद्ध स्तुपा सम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन।

गोैरवमय इतिहासमा ुमानसरोवरदेखि गंगा मैदान सम्मुका धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काईएको छ।
विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान बमोजिम यो अभियान थालेको प्रवक्ताआशुतोष प्रधानले जानकारी दिनुभयो ।