३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम

शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम
अ+ अ-

काठमाडौँ । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा मात्रै रु पाँच करोड २७ लाख १८ हजार बाहिरिएको छ । त्यस्तै फेसक्रिम आयतमा रु ७८ करोड पाँच लाख ८१ हजार विदेशिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९र८० मा रु ४६ करोड नौ लाख ८९ हजार मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले रु २३ करोड चार लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ ।

एक करोडको सिन्दुर आयात
विशेष गरी हिन्दू महिलाले प्रयोग गर्ने सिन्दुरको आयातमा पनि ठूलो धनराशि खर्च भएको छ । पछिल्लो एक वर्षमा मुलुकमा रु एक करोड पाँच लाख ६५ हजारको सिन्दुर आयात भएको छ । गत आवमा सिन्दुर भारत र इन्डोनेसियाबाट आयात भएको छ ।

तीन अर्ब बढीको कपाल स्याहारका सामग्री आयात
विभागका अनुसार गत आवमा रु तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन् । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो ।

गत आवमा रु ६३ करोड २१ लाख ३३ हजार मूल्यको स्याम्पु आयात भएको छ भनेरु ६९ करोड ७७ लाख ७९ हजार मूल्यका कपालमा लगाउने तेल आयात भएको छ । साथै रु सात करोड ३२ लाख ३८ हजार बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ ।

त्यस्तै कण्डिस्नर आयातमा रु १० करोड ४५ लाख ४७ हजार खर्च भएको छ । कपाल रङ्गाउने वस्तु आयातमा रु ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ । त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा रु ९७ करोड ६१ लाख २० हजार भन्दा बढी रकम विदेशिएको छ ।

आँखा र ओठ शृङ्गारमा रु ५५ करोड
विभागका अनुसार गत आवमा ओठ र आँखा शृङ्गारका सामान आयातमा करोडौँ बाहिरिएको छ । गत आवमा मेकअपका सामान आयातमा रु ३६ करोड ४४ लाख ६० हजार बाहिरिएको छ । जसमा आँखा मेकअपका लागि मात्रै रु १९ करोड ४० लाख ८० खर्च भएको छ । त्यस्तै अन्य शृङ्गारका सामग्री आयातमा रु तीन अर्ब १३ करोड भन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ ।

१६ करोडको टुथपेस्ट
त्यस्तै विभागका अनुसार गत आवमा मुलुकमा रु ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट ९मञ्जन० आयात भएको छ । यस्तै, रु ५४ करोड ८४ लाख ८३ हजार मूल्य बराबरको मञ्जन निर्यात भएको छ ।

पेन्सिल, मार्कर आयातमा एक अर्ब बाहिरियो
विवरण अनुसार गत आर्थिक वर्षमा रु एक अर्बभन्दा बढीको पेन, पेन्सिल, मार्कर तथा यसका वस्तु आयात भएका छन् । गत आवमा रु ५७ करोड ७६ लाख ९८ हजारको वलपेन आयात भएको छ । त्यस्तै रु १४ करोड ३८ लाख भन्दा बढिको पेन तथा मार्कर आयात भएको छ । विभागका अनुसार गत आवमा रु ५४ करोड ५१ लाखभन्दा बढीको पेन्सिल तथा पेन्सिलको लिड आयात भएका छन् । गत आवमा रु एक करोड ७२ लाकको पेनका निव, रु तीन करोड ७२ लाखका पेनको रिफिल तथा मसी आयात भएको तथ्याङ्क छ ।

पकेट लाइटर आयातमा रु ५२ करोड खर्च
गत आवमा रु ५२ करोडभन्दा बढीको पकेट लाइटर आयात भएको छ । त्यसमा रु ४६ करोड ७२ लाख १५ हजारको पुन: ग्यास भर्न नमिल्ने, रु एक करोड २३ लाख ९८ हजारको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर रु ५१ लाख ५५ हजारको आयात भएको देखिन्छ ।

रु ६८ लाखको सेल्फी स्टिक आयात
विभागका अनुसार मोबाइलबाट फोटो खिच्न प्रयोग हुने विशेष प्रकारको लठ्ठी (सेल्फी स्टिक)को आयातमा रु ६८ लाख ४४ हजार खर्च भएको छ भने रु दुई करोड ५५ लाख २६ हजार बराबरको ट्राइपड आयात भएको छ । रासस