३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अध्यक्ष ढकालद्वारा शालग्राम सङ्ग्रहालयमा औषधालयको उदघाटन

अध्यक्ष ढकालद्वारा शालग्राम सङ्ग्रहालयमा औषधालयको उदघाटन
अ+ अ-

बागलुङ । लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ ।

सङ्ग्रहालयले स्थापना गरेको औषधालयको आज एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो ।

अध्यक्ष ढकालले नेपालमा आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि पञ्चकोट एवं श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा निर्माण गरिएको संरचनाको प्रशंसा गर्दै यिनै संरचनालाई संरक्षण र संवर्द्धन गरी आफ्ना सन्ततिसमक्ष पुर्याउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

मुक्तिनाथ पिठाधिश्वर कमलयनयन आचार्यको कल्पनामा तयार भएको सर्वसिद्धिधाम पञ्चकोटको संरचना निर्माणका लागि आर्थिक सहयोग गर्नुभएका अध्यक्ष ढकालले आफ्नो जन्मस्थल, परम्परा, संस्कृति र वैधिक सनातन धर्मको संरक्षण एवं संवर्द्धनमा लागिरहने बताउनुभयो ।

श्रीधराचार्य शालग्राम सङ्ग्रहालय पछिल्लो समय पञ्चकोट, गलेश्वर तथा मुक्तिनाथ जाने हिन्दू धर्मावलम्बीको सङ्गमस्थलका रूपमा विकास भइरहेको छ । मुक्तिनाथ वेदविद्याश्रामसमेत सञ्चालनमा रहेको सोही स्थानमा स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले औषधालय स्थापना गरिएको स्वामी कमलनयन आचार्यले बताउनभुयो ।

श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले कोरोनाकालमा औषधोउपचार अभाव भएपछि कल्पना गरिएको औषधालय स्थापना आज पूरा भएको बताउनुभयो ।

“कोरोनाकालमा बजार प्रवेश निषेध थियो, गाउँमा सबै बिरामी भएपछि यहाँ एउटा स्वास्थ्योपचार गर्ने स्थान आवश्यक छ भन्ने लाग्यो”, प्रपनाचार्यले भन्नुभयो, “कमलनयन गुरुको अनुरोध र सबैको सहयोगमा स्वास्थ्यचौकीमा उपलब्ध सेवा यहाँबाट प्रदान गर्न थालेका छौँ ।” मन्दिरमा आएको भेटी, शालग्राम सङ¬्ग्रहालय दर्शन गर्न आएका दर्शनार्थीले गरेको सहयोगबाट औषधालय सञ्चालनमा ल्याइएको छ ।

मुक्तिनाथ पिठाधिस्वर कमलनयन आचार्यले पञ्चकोट, शालग्राम सङ्ग्रहालय, गलेश्वर र मुक्तिनाथलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विश्वमै चिनाउने अभियानमा आफू लागेको बताउँदै औषधालयलाई अस्पतालका रूपमा विकास गर्ने परिकल्पना गरेको बताउनुभयो ।

कार्यक्रममा मुक्तिनाथ वेदविद्याश्रममा योगदान गर्नुभएका पुरुषोत्तम आचार्यलाई अभिनन्दन गरिएको थियो । महासङ्घका अध्यक्ष ढकालले भूमिगतरूपमा निर्माण गरिएको शालग्राम सङ्ग्रहालयको निरीक्षण गरी त्यहाँ राखिएको गण्डक क्षेत्रको धार्मिक अवस्थासमेत समेटिएको भूमिगत सङ्ग्रहालयको अवलोकन गर्नुभएको थियो ।

विश्वकै एकमात्रै कालीगण्डकी नदीमा पाइने शालग्राम सङ्ग्रहालय लोप हुँदै गएपछि विसं २०७६ मा श्रीधराचार्यको सङ्ग्रहालय निर्माण गरेर सवा लाख शालग्राम राखिएको छ । श्रीधराचार्यको ८४औँ जन्मजयन्तीका अवसरमा उहाँकै नाममा औषधालय स्थापना गरिएको हो ।रासस