३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कीर्तिमानी आरोही हरिलाको सन्न्यास, नेपाल आइरहने बाचा

कीर्तिमानी आरोही हरिलाको सन्न्यास, नेपाल आइरहने बाचा
अ+ अ-

काठमाडौँ ।  कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे)ले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै आज ‘सन्न्यास’को घोषणा गर्नुभयो । पाकिस्तानमा रहेको ‘माउण्ट केटु’को सफल आरोहणसँगै नेपाली भूमिमा सन्न्यास लिनु उहाँका लागि सायद उपयुक्त समय पनि थियो ।

गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटुको आरोहणसँगै हरिला र शेर्पा गाइड तेन्जिन शेर्पाले कम समयमा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको कीर्तिमान कायम गर्नुभएको थियो । यसअघि यो कीर्तिमान निर्मल पूर्जाका नाममा थियो । पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा उक्त कीर्तिमान कायम गर्नुभएको थियो ।

सन्न्यास घोषणाका क्रममा हरिलाको बोलीमा नेपाल र नेपालीप्रतिको सम्मान र माया प्रष्ट झल्कन्थ्यो । शनिबार विहान पाकिस्तानबाट कतार एयरलाइन्सको विमानमार्फत काठमाडौँ ओलर्नुभएका हरिला र शेर्पालगायत आरोहीलाई प्रंशसकहरुले भव्य स्वागत गरेका थिए । उहाँहरुलाई बाजासहित विमानस्थलबाट चावहिल र लैनचौर हुँदै भृकुटिमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो ।

केही समयका लागि म आठ हजार मिटर अग्लो हिमाल चढ्न पनि सक्छु भन्ने पनि लाग्दैछ तर मैले मेरो काम पूरा गरिसकेकी छु”, नेपाल पर्वतारोहण सङ्घले गरेको सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “सन्न्यासपछिको जीवन परिवारसँग बिताउने र नेपाल आइरहने बाचा गर्छु ।”

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने उहाँको अभियान गत अप्रिलमा चीनको सिसापाङ्गमा हिमाल आरोहणसँगै सुरु भएको थियो । उक्त लक्ष्य ९२औँ दिनमा माउण्ट केटुको आरोहणसँगै पूरा भएको छ ।

बयानब्बे दिनमै १४ वटा हिमाल चढ्न कति सहज भयो त ? सञ्चारकर्मीको जिज्ञाशामा हरिलाले भन्नुभयो, “हिमाल आरोहण सहज वा गाह्रो कस्तो हुन्छ भन्ने त्यहाँको मौसम र परिस्थितिले निर्धारण गर्छ, गत वर्ष हिमाल आरोहण सहज थियो भने यसवर्ष भने बाक्लो हिउँ परेकाले केही अप्ठ्यारो पनि भयो ।” हरिला र शेर्पाले प्राप्त गरेको सफलता पहिलो प्रयासमै प्राप्त भएको भने होइन । सन् २०२२ को अप्रिलमा पहिलो पटक कीर्तिमानका लागि प्रयास गर्नुभए पनि कोरोना भाइरसको महामारीलगायतले सफल हुन सकेको थिएन । पहिलो प्रयासमा १४ मध्ये १२ हिमाल मात्रै आरोहण गर्नुभएको थियो ।

हरिलाको हिमाल आरोहणको यात्रा सन् २०१५ देखि सुरु भएको थियो । हरिला र शेर्पाको यो कीर्तिमानी आरोहणका पछाडि मुख्य भूमिका भने ‘सेभेन समिट ट्रेक्स’ले गरेको थियो । पर्वतारोहणमा अग्रणी यस कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले विश्वमा नेपालको पर्वतीय पर्यटनको प्रबद्र्धनमा शेर्पा समुदायको विशेष योगदान रहेको चर्चा गर्दै सरकारले पनि विशेष सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मान ग्रहण गर्दै उहाँले आफ्नो सफलतामा साथ र हौसला दिने नेपाली सहहृदयी नागरिकप्रति विशेष धन्यवाद समेत दिनुभयो । उहाँले नेपाल र हिमालप्रतिको माया निकै रहेको भन्दै आगामी दिनमा विभिन्न सामाजिक काममा क्रियाशील हुने बताउनुभयो । “मलाई नेपाल र यहाँका जनताहरु असाध्यै मनपर्छ, हिमाल आरोहणको सपना पूरा गर्न साथ दिनुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “म फेरि पनि नेपाल आइरहन्छु नेपालका लागि केही गर्न चाहन्छु ।”

क्रिस्टिनसँगै कीर्तिमानी नेपाली आरोही तेन्जिन (लामा) शेर्पाले नेपालको गौरव बढाउनसकेकोमा आफू कृतज्ञ भएको बताउनुभयो । क्रिष्टिन र तेन्जिनले सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण तीन महिनामा पूरा गर्नुभएको हो ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, सिसपाङ्गमा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्नुभएको हो ।

आजको सम्मान कार्यक्रममा १७ वर्षको उमेरमा सगरमाथा र केटु हिमाल आरोहण गरी कान्छो आरोहीको कीर्तिमान बनाउने निमा रिन्जी शेर्पालाई पसिन पदक र कदरपत्र प्रदान गरिएको थियो । साथै सो अवसरमा केटु हिमाल आरोहण गर्ने एकै परिवारका चार आरोहीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पर्यटन विभागका निर्देशक राकेश गुरुङले मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सबै सरोकारवाला साझेदारिताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्वतीय पर्यटनलगायत पर्यटनका विधामा दिगो पर्यटन प्रवर्द्धनका लागि विभागले सहकार्य गर्ने बताउनुभयो ।

नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले नेपालको सान र गौरव बढाउन आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाले आरोहीको कीर्तिमानले विश्वभर नेपालको पर्यवतीय पर्यटन  प्रबर्द्धनमा मद्दत पुगेको बताउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पर्यटन क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । साथै मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि सङ्घीय सरकारले लगानी बढाउन माग गर्नुभयो ।