३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बौद्ध भिक्षुहरूका लागि तीन महिने वर्षावास सुरु-फोटो फिचर

बौद्ध भिक्षुहरूका लागि तीन महिने वर्षावास  सुरु-फोटो फिचर
अ+ अ-

लुम्बिनी । बौद्ध भिक्षुहरूका लागि तीन महिने वर्षावास बुधबारदेखि सुरु भएको छ । लुम्बिनी, कपिलवस्तु र रामग्रामका विभिन्न विहार र गुम्बामा २२ विदेशी भिक्षुसहित ३७ भिक्षु र श्रामणेर वर्षावास बसेका छन् ।

बौद्ध धर्मको मेरुदण्ड मानिने विनय कर्म पालना गर्नाले नजानेर भएगरेका त्रुटि तथा कमजोरीको क्षमा पाइने जनविश्वास छ । वर्षावासका बेला साँझ–बिहान ध्यान बसेर परित्रान पाठ गरिन्छ । अब तीन महिना एकै ठाउँमा बसेर बौद्ध भिक्षुहरूले ध्यान र अध्ययन गर्छन् यस अवधिमा उनीहरु कुनै पनि भ्रमणमा जाँदैनन् ।

भगवान् बुद्धले पनि आफ्नो जीवनकालमा वर्षा ऋतुको सुरुदेखि नै उच्च स्थानमा बसेर वर्षावास बिताउनुभएको थियो । यो बौद्ध परम्परा हो। र यो बौद्ध भिक्षुहरूले आफ्नो जीवनकालमा यसको पालना गर्दै आएका छन् । वर्षावास बस्ने भिक्षुहरू एकै ठाउँमा बसेर ध्यान पूजामा समय बिताउँछन्। उनीहरु कतै घुम्दैनन् । वर्षावासको उद्देश्य वर्षामा ठूलो संख्यामा साना जीवजन्तुहरू उत्पन्न हुन्छन्। यस्तो अवस्थामा उनीहरुको भ्रमणका क्रममा हिंसा हुन सक्छ । यस कारणले गर्दा, तीन महिनासम्म बौद्ध भिक्षुहरूले वर्षावास मनाउँछन् र यी तीन महिनाहरूमा बौद्ध धर्मको अध्ययन गर्छन्।

 

यस अवसरमा बुद्ध, धर्म र संघ गुन तथा धर्म देशना गर्दै पूजाआजा गरिन्छ । यस अवधिमा भिक्षुहरू बिहान एक छाक मात्रै खाना खाने गर्छन् । वर्षावास बस्ने भिक्षुले पुण्य सञ्चय गर्ने पनि जनविश्वास छ । अनुशासन र नियममा बसेर वर्षावास बस्ने गर्ने भिक्षुलाई वर्षावास सकिएको एक महिनाभित्र भिक्षु संघले उपलब्ध गराएको पहेँलो बस्त्र ९चिवर० पनि प्रदान गरिन्छ ।

असार पूर्णिमादेखि सुरु हुने वर्षावास यस वर्ष मलमासले एक महिना ढिलो साउन पूर्णिमादेखि कात्तिक पूर्णिमासम्म तीन महिना रहेको छ । यसबेला भिक्षु भिक्षुणीलाई आवश्यक चिवर (पहेँलो वस्त्र), खाने कुरा, ओढ्ने ओछ्याउने वस्त्र र औषधि खर्च उपासक उपासिकाले दान गर्ने प्रचलन छ ।

फोटो -थाई बिहारको फेसबुकबाट