२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक जावेद अली नेपालमा



अ+ अ-

काठमाडौँ । बलिउड गायक जावेद अली नेपाल आएका छन् । आज होटल सोल्टीमा आयोजना हुन लागेको ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन उनी हिजै बिहीबार नेपाल आएका हुन् ।

उनका गीतहरु निकै लोकप्रिय रहेका छन् । उनले फिल्म ‘रकस्टार’ को ‘कौन फाया कौन’, ‘गजनी’ को ‘गुजारिश’, ‘रांझना’ को ‘तुम तक’, ‘बजरंगी भाईजान’को ‘तु जो मिला’ लगायतका ५ सय भन्दा बढी फिल्मका गीत गाएका छन् ।

सानैदेखि कब्वाली गायनको वातावरणमा हुर्किएका उनी विभिन्न संगीतिक रियालिटी शो हुँदै बलिउड फिल्म गायनमा छिरेका थिए । उनले नेपालमा भने पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।

लिक्विड इन्टेलिजेन्सले आयोजना गर्न लागेको कार्यक्रममा अलीले आफ्ना दर्जन बढी गीतहरु गाउने आयोजकले जनाएको छ ।