२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डकै सल्लाहमा फाइल खोलेको हो, दोषी पार्टीकै भएपनि छाडिन्न– नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं गुहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने बताएका छन्।

बिहिबार पार्टिको केन्द्रीय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले अहिले पार्टी रूपान्तरणको अवसर रहेको बताएका हुन् ।

उपाध्यक्ष श्रेष्ठले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताए । सरकारले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको बेला छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए पनि कसैलाई नजोगाउने उनको भनाई छ ।

यस्तै, उपाध्यक्ष श्रेष्ठले पार्टीलाई स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको पनि बताए । उनले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आफ्नो पूर्ण समर्थन रहेको र बैठकपछि पूर्ण प्रतिवेदन आउने जानकारी  दिए ।