२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादकाबीच ‘ओएमजी–२’ को ट्रेलर रिलिज (भिडियोसहित)



अ+ अ-

एजेन्सी । विवादका बीच ‘ओएमजी–२’ को ट्रेलर सार्वजनिक भएको छ । पंकज त्रिपाठी शिवभक्त बनेर ट्रेलर सुरु हुन्छ । ट्रेलरमा उनका छोराले आत्महत्या गरेको देखाइएको छ ।

उसलाई स्कुलमा जान लाज लाग्छ, बच्चाले यो लाज सहन सक्दैन र रेल ट्र्याकमा उभिन्छ । पंकज त्रिपाठीको चरित्रले आफ्नो बच्चालाई न्याय पाउन अदालतको ढोका ढकढक्याउँछन् । फिल्ममा पंकज त्रिपाठीको भूमिकाको नाम कान्ति शरण मुद्गल रहेको छ ।

पंकज त्रिपाठीको चरित्रले भगवान शिवको ढोकामा छोरालाई न्याय पाउने कुरा गर्छन् । यसैबीच अक्षय कुमारको इन्ट्री हुन्छ । ट्रेलरबाट बुझिएअनुसार अक्षय यस पटक शिवको अवतारमा देखिएका छन् । उनको पहिरन भगवान शंकरको जस्तो देखाइएको छ ।

तर, पूरै ट्रेलरमा कतै पनि उनलाई शिवको अवतार भनिएको छैन । उनको भूमिका भगवान शिवको अवतारबाट मात्र प्रभावित भएको देखिन्छ । उनको चरित्रलाई लिएर सेन्सर बोर्डले आपत्ति जनाएको थियो ।

फिल्ममा यामी गौतमको पनि महत्वपूर्ण भूमिका छ । ट्रेलरमा उनी वकिलको भूमिकामा देखिएकी छन् । ट्रेलर हेरेर फिल्ममा यामीको नेगेटिभ शेड रहेको अनुमान गर्न सकिन्छ । उनी पंकज त्रिपाठीविरुद्ध मुद्दा लडेकी छिन् ।

चलचित्र अगस्ट ११ मा रिलिज हुने तय भएपनि सेन्सर बोर्डले चलचित्रमा धेरै परिवर्तन गर्न सुझाव दिएको छ । सेन्सर बोर्डले युए सर्टिफिकेट दिएर ट्रेलरलाई हरियो संकेत दिएको थियो तर फिल्मको बारेमा अन्योल छ । जसका कारण फिल्मको रिलिज स्थगित हुनसक्ने बताइएको छ ।

यो फिल्म २०१२ मा रिलिज परेश रावल र अक्षय कुमार स्टारर ओएमजी (ओ माई गड) को सिक्वेल हो । उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।