३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी

काठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी
फाईल फोटो
अ+ अ-

भादगाउँ । अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच (पिचमाथि गरिएको पिच) गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो ।

अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका साथै कालोपत्र उप्किएर दुर्घटनाको जोखिम बढेको छ ।

काठमाडौँ–सूर्यविनायक, भक्तपुर–धुलिखेल–सिन्धुली–बर्दिवास खण्डअन्तर्गत कतिपय स्थानमा कालोपत्र उप्किएर खाल्डाखुल्डी भएको सडक सुधार आयोजनाका प्रमुख राजेन्द्रलाल दासले बताउनुभयो । जमिनमुनिको सतहबाट पानी आएकाले कालोपत्र भत्किएर खाल्डाखुल्डी पर्न थालेको भन्दै उहाँले यसको कारण पत्ता लगाउन सरोकारवाला निकायसँग समन्वय गरी समस्या पहिचानको प्रयास भइरहेको जानकारी दिनुभयो ।

“जमिनमुनी सतहबाट पानी आएकाले कालोपत्र भत्किएर सडकमा खाल्डा पर्न थालेको देखिन्छ । यसको कारण पत्ता लगाउन सकेका छैनौँ । अन्य सरोकारवाला निकायका साथै नगरपालिकासँग समन्वय गरिरहेका छौँ”, दासले भन्नुभयो, “समस्याको पहिचान भएपछि स्थायी समाधान हुन्छ । अहिले विकल्पको रुपमा अस्थायी समाधान प्रयास गछौँ ।” ढल फुटेर पानी आएको हुनसक्ने भएकाले कारण पत्ता लागेपछि स्थायी समाधान गरिने बताउदै उहाँले अहिले पानीलाई अन्यत्र पठाएर खाल्डो पुर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

मध्यपुर थिमि नगरपालिकाले अरनिको राजमार्गअन्तर्गत थिमि–चारदोबाटो–शङ्खधरचोक खण्डमा पर्ने राष्ट्रिय क्षयरोग केन्द्र अगाडिको सडक मर्मतको पहल थालेको छ । सडकमा भएका खाल्डाखुल्डीका कारण दुर्घटना बढेको जनगुनासो बढेपछि नगरपालिकाले सडक सुधार आयोजना र राष्ट्रिय क्षयरोग केन्द्रसँग समन्वय गरी समस्या समाधानको पहल गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

केन्द्र अगाडिको मुख्य सडकमा परेको खाल्डो पटक–पटक पुरेपनि खाल्डोपर्ने र पुन:भत्किने क्रम नरोकिएपछि मङ्गलबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले स्थलगत अनुगमन गर्नुभएको थियो । आयोजनाका प्रमुख, आयोजना एवं नगरपालिकाका प्राविधिक, केन्द्रका अधिकारीसहितको टोलीले अनुगमन गरेको बताउँदै उहाँले समस्या समाधानका लागि सडक किनारमा रहेको खानेपानीको पाइप चुहावटको जाँच गरिएको जानकारी दिनुभयो ।

सडक पुन:निर्माण आयोजनाको क्षेत्राधिकारभित्र पर्ने भए पनि खाल्डाखुल्डीले दुर्घटना बढेको जनगुनासो आएपछि समाधानका लागि नगरले अग्रसरता लिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो । रासस