३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तटबन्धले मनाङबासीको फर्कायो खुसी

तटबन्धले मनाङबासीको फर्कायो खुसी
अ+ अ-

मनाङ ।  हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो । मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो । बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ । कतिपय ठाउँका बासिन्दालाई स्थानान्तरण गर्ने योजना बनाइए पनि उपयुक्त स्थान तत्काल नपाइएपछि त्रिपालमुनि बसेर पनि स्थानीयवासीले समय कटाए ।

बाढीले गाउँको बस्ती नै अन्यत्र सर्नुपर्ने बाध्यता आयो । सबै तहबाट गाउँको बस्ती नै अन्यत्र स्थानान्तरण गर्ने प्रयास भएपनि स्थानीयवासी स्थानान्तरण हुन चाहेनन् र यही गाउँमा बस्नका लागि सुरक्षित वातावरयण बनाउन माग गरे । उनीहरुको माग पनि पूरा भयो । नासों गाउँपालिका–१ तालगाउँकी अञ्जु तामाङ बाढीका कारण  आफन्तसँग यति रमाइलो गाउँ बस्ती नै छाडेर जानुपर्छ भनेर आत्तिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब दुई वर्ष पूरा भएपछि हाम्रो खुसी फर्किएको छ, बाढीले बसाइँसराइ गर्न बाध्य होइन्छ कि भनेर आत्तिएका हामी अहिले खुसी छौँ ।” बाढी आएकोे लामो समयपछि तटबन्ध बनाएर अहिले तालगाउँ सुरक्षित बनाइएको तामाङले बताउनुभयो । पदमार्ग हुँदै मनाङ प्रवेश गर्दा पर्यटक तालगाउँमा बास बस्न पुग्दछन् । होटल व्यवसाय गर्दै आउनुभएकी अञ्जुले यहाँ होटल व्यवसाय र  खेतीपातीका लागि पनि उपयुक्त वातावरण भएको उल्लेख गर्नुभयो ।

“हाम्रो रहनसहन, संस्कार, संस्कृति र परम्परा मनाउँदै आएको ठाउँमै अहिले हामी सुरक्षितभएका छौँ”, उहाँले भन्नुभयो, “विशेषगरी पालुङटार कुण्डुटार सिंचाई आयोजनाले तटबन्ध गरी यहाँको बस्तीलाई सुरक्षित बनाउन विशेष भूमिका निर्वाह गरेको छ ।”  अन्जुले भन्नुभयो, “गाउँमा नदीको बहाव पस्न सक्ने जतिकै पर्खाल लगाइएको छ, अहिले हामी ढुक्कसँग सुत्छाँैं, पहिलेको जस्तो चिन्ता लाग्दैन ।” तटबन्धले सुरक्षित भएसँगै यहाँको संरचना निर्माणमा स्थानीयवासी लागिपरेका छन् । यहाँ धमाधम नयाँ संरचना निर्माणले गाउँ सुरक्षित भएको अनुभूति गर्न सकिन्छ ।

मस्र्याङ्दी नदीमा बाढी आए जत्तिकै तटबन्ध लगाई अहिले बस्ती सुरक्षित गरिएको छ । यस बस्तीलाई सुरक्षित बनाउन तात्कालीन प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य र पालुङटार कुण्डुटार सिञ्चाइ आयोजनाका प्रमुख दीपेन्द्रप्रसाद आचार्यको भूमिका महत्वपूर्ण रहेको स्थानीयवासीले बताए । छिटो बस्तीलाई सुरक्षित बनाउने उद्देश्यले उक्त आयोजना र तात्कालीन प्रजिअले उपभोक्ता समितिमार्फत काम गर्नुभएकोे स्थानीयवासी आन्द्रे गुरुङको भनाइ थियो।

“बस्तीको सुरक्षाका लागि लामो प्रक्रियालाई संस्थाले छोट्याएर काम अगाडि बढाएको छ । उपभोक्ता समितिमार्फत काम गर्दा आफ्नो गाउँलाई सुरक्षित बनाउन छिटै नै काम सम्पन्न भएको छ । उपभोक्ता समितिमार्फत काम नगरेको भए अझै ढिला हुन्थ्यो, यो वर्खामा पनि डराएरै सुत्नुपर्ने अवस्था हुन्थ्यो, अहिले काम छिटो हुँदा आरामले सुत्न पाएका छौँं”, उहाँले भन्नुभयो ।

पालुङटार कुण्डुुटार सिँचाइ आयोजनाका प्रमुख दीपेन्द्रप्रसाद आचार्यले तालगाउँको बस्तीलाई जोखिमको समयमा कसरी हुन्छ छिटो सुरक्षित बनाउने कार्यमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । “लामो प्रक्रियाबाट काम गर्दा जोखिममा आत्तिएका तालगाउँबासीको सुरक्षामा हामीले ध्यान दिनुपर्ने हुन्थ्यो, बोलपत्रको प्रक्रियाबाट काम गर्दा अहिलेसम्म पनि आधा काम गर्न सकिने अवस्थामा हुँदैन थियो, यसवर्षको बर्खामा पनि त्रयत्रयमा रहनुपर्ने हुन्थ्यो, उनीहरुकै जिम्मा दिएर छिटो काम गरेका हौँ,” उहाँले भन्नुभयो ।

त्यहाँको तटबन्ध निर्माणका लागि आर्थिक वर्षको अन्त्यतिर बजेट बिनियोजन भएको र बोलपत्र प्रक्रियाबाट जाँदा लामो समय लाग्ने हुँदा बजेट फ्रिज हुने अवस्थामा यस्तो निर्णय गरिएको प्रमुख आचार्यले स्पष्ट पार्नुभयो । “तटबन्ध निर्माणका लागि बोलपत्र प्रक्रियाबाट अगाडि बढ्दा छ महिना लाग्छ, मनाङको मौसम अन्य जिल्लाको जस्तो बाह्रैमहिना अनुकूल हुँदैन, यसले गर्दा उपभोक्तामार्फत काम गराएका हौँ र छिटो काम भएको छ”, उहाँले भन्नुभयोे ।

बस्ती तटबन्धले सुरक्षित बनाइएपछि यहाँ पुराना संरचना पुन:निर्माणका साथै नयाँ संरचना पनि निर्माण  भइरहेको छ । बाढीले क्षति पुगेका घर, भवन र होटलको मर्मत सम्भारसँगै यहाँको व्यवसाय पनि अहिले तङ्ग्रिदै गएको छ । यसले गर्दा स्थानीयबासीमा खुसी छाएको छ । रासस