३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यसकारण घुम्नुपर्छ ल्वाङ गाउँ

यसकारण घुम्नुपर्छ ल्वाङ गाउँ
अ+ अ-

गण्डकी । के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ ।

प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ । पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन फुरुङ्ग हुन्छ । सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ, ल्वाङ गाउँ । ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैँमा चित्ताकर्षक छ ।

पोखरासँग जोडिएको माछापुच्छ«े गाउँपालिका–८ स्थित यो गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो । गुजुमुज्ज गुरुङ बस्ती । सेतो र गेरु रङ पोतिएका एकनासे घर । ढुङ्गाकै छाना, आँगन र बाटो । वास्तुकला झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा । ल्वाङ गाउँका आकर्षण हुन् यी ।

गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पनि ल्वाङ गाउँ पुग्ने पर्यटकलाई लोभ्याउँछ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव भुल्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । विसं २०६७ मा घरबास ९होमस्टे० सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो ।

सुरुमा गाउँका अगुवा महिला मिलेर सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ । एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता घरबासमा छ । पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव घरबास सञ्चालकसँग छ ।

प्रकृतिमा रमाउन र घरबासको आनन्द लिन पर्यटकले ल्वाङ गाउँलाई रोज्ने गरेको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले बताउनुभयो । “यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिडपछि विदेशी पाहुनाको सङ्ख्या केही घटेको छ”, उहाँले भन्नुभयो, “पोखराबाट नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।”

हिउँदमा दन्तेलहरझैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले ल्वाङ गाउँको सौन्दर्य उसैगरी खुल्छ । समुद्री सतहदेखि चौध सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ«े, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । अध्यक्ष गुरुङले गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशी–विदेशी अध्यताहरूसमेत ल्वाङ गाउँ आउने गरेको जानकारी दिनुभयो ।

“बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउँछौँ, हाम्रो रैथाने खानाको स्वाद चखाउँछौँ”, उहाँले भन्नुभयो, “कसैले इच्छा गर्नुभयो भने करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गर्छौँ ।” निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको उहाँको भनाइ छ ।

घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको घरबास सञ्चालक माया गुरुङले बताउनुभयो । “वर्षात्का बेला टुसा, निउरोको परिकार बन्छ, गुन्द्रक त सँधै हुन्छ”, उहाँले भन्नुभयो, “यहीँको मकै, कोदो, जौँबाट बन्ने परिकार पाहुनालाई खुवाउँछौँ ।”

मासुजन्य परिकारका लागि स्थानीय कुखुराको बढी प्रयोग हुन्छ । पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेको घरबास सञ्चालक बताउँछन् । “ल्वाङ गाउँ आएका पर्यटकले एकदेखि दुई रातसम्म यहाँ बिताउँछन्”, घरबास सञ्चालक गुरुङले भन्नुभयो, “अन्नपूर्ण आधार शिविर र मर्दी ट्रेकमा जानेहरू पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् ।”

सप्ताहन्त मनाउन ल्वाङ

शुक्रबार आयो कि ल्वाङमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ । जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन ल्वाङ पुग्छन् । बिदाका दिनमा युवायुवतीको पनि उस्तै भीड देखिन्छ । “कुनै शुक्रबार त ठाउँ नपुगेर पाहुनालाई जेनतेन राख्नुपर्छ”, घरबास सञ्चालक गुरुङले भन्नुभयो, “बिदामा फुर्सद निकालेर कर्मचारी, व्यवसायीलगायत स्थानीय पाहुना बढी आउनुहुन्छ ।”

अहिले वर्षात्का बेला पनि आन्तरिक पर्यटक ल्वाङ पुगिरेका छन् । विद्यालय र विभिन्न सङ्घसंस्थाले अवलोकन भ्रमणका लागि त्यहाँ पुग्ने पनि उत्तिकै हुन्छन् । चलचित्रको छायाँङ्कनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँङ्कन यही गाउँमा भएको थियो ।

ल्वाङ गाउँको सौन्दर्य यत्तिमा सीमित छैन । गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा पर्ने ल्वाङ गाउँमा पहिलोपल्ट विसं २०५३/०५४ तिर चिया रोपिएको थियो । ल्वाङ गाउँमा ‘एक्याप’को कार्यालय बसेपछि पर्यटकीय गतिविधि सुरु भएको स्थानीयवासी प्यारी गुरुङले बताउनुभयो ।

“फाट्टफुट्ट पर्यटक देखिन थालेपछि महिला समूह बनाएर होमस्टे सुरु गरेका हौँ, पहिले अहिले जस्तो पर्यटक आउँदैन थिए”, ६० वर्षीया गुरुङले भन्नुभयो, “अहिले त दिनमै सयौँ पाहुना आउँछन्, गाउँको मुहार नै फेरिएको छ ।”

गुरुङ पनि घरबास व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँको घरबासमा ४० जनाको क्षमता छ । पर्यटकस्तरीय कोठासहितको सुविधा घरबासमा छ । पर्यटकलाई पारिवारिक वातावरणमा बास र खानाको प्रबन्ध गर्ने गरिएको व्यवसायी गुरुङले बताउनुभयो ।

बेलुकाको खाना र बिहानको खाजा, खानासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु। १२ सय तोकिएको छ । खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ । उक्त ‘प्याकेज’मा एकछाक सादा खाना र एकछाक खानामासु हुन्छ ।

माछापुच्छ«े–८ का वडाध्यक्ष रामबहादुर गुरुङले ल्वाङ गाउँमा ‘पार्किङ’, फोहरमैला व्यवस्थापन आदिको समस्या रहेको बताउनुभयो । खोलामुखबाट ल्वाङ गाउँ जोड्ने तीन किमी सडक कालोपत्र हुन बाँकी छ । सो सडक स्तरोन्नतिकाका लागि गण्डकी प्रदेश सरकारले ठेक्कामा लगाउने तयारी गरेको छ ।

“ल्वाङ गाउँ ग्रामिण पर्यटनको केन्द्र बनेको छ, अब गुणस्तरीय पूर्वाधारको खाँचो छ”, उहाँले भन्नुभयो, “स्तरीय सडक, पदमार्ग, सुविधायुक्त होटललगायत सुविधा दिन सके देशविदेशका पर्यटकलाई भित्र्याउन सकिन्छ ।” ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहन नै ल्वाङ गाउँको मुख्य आकर्षण रहेको उहाँले उल्लेख गर्नुभयो ।

ल्वाङ गाउँ गएका बेला नजिकका पर्यटकीयस्थल ‘पोखरा क्यानोनिङ’, घलेल गाउँलगायत पुग्न सकिने वडाध्यक्ष गुरुङले बताउनुभयो । वडा नं ८ र ९ मा पर्ने घलेल पनि अर्को मनोरम गाउँ हो । गुरुङ बाहुल्य उक्त गाउँले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न पर्यटकले ल्वाङ र घलेललाई राज्ने गरेका हुन् ।

पर्यटकीय सहर पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झन्डै चार घन्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भिर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जाबाट खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ । रासस