३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौंको मुख्य सडकमै ढल बग्छ, व्यवस्थापनमा ध्यान दिऔँ: सांसदहरु

काठमाडौंको मुख्य सडकमै ढल बग्छ, व्यवस्थापनमा ध्यान दिऔँ: सांसदहरु
अ+ अ-

काठमाडौँ । सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा नै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन् ।

मंगलवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ढल व्यवस्थापनको चुनौति रहेको बताएका हुन् । उनीहरुले मुख्य सडकमा नै खोला र ढलहरु जोडिएको साना बालबालिकाहरु बगाउने समस्या सिर्जना भइरहेको बताए । साउन ७ गते काठमाडौंको रानीवनस्थित सामाखुशी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका विधान आलेमगर बेपत्ता भएको घटनालाई लिएर सांसदहरुले फेरि यस्ता घटना हुन नदिन सचेत गराए । बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले भारी वर्षा हुने बित्तिकै काठमाडौंका सडकहरुमा जाम हुने, अस्तव्यस्त हुने र सडकमा नै खोला बग्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारी वर्षा हुने बित्तिकै काठमाडौंका सडकहरु जाम हुने, काठमाडौं अस्तव्यस्त हुन्छ । सडकमै खोला बग्ने अवस्था भएकाले यो समस्या आएको हो । मुलमुल सडकमै खोला बग्छ । त्यसको व्यवस्थापन गर्नु पर्‍यो ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले काठमाडौंका सडक छेउमा बहने नदीहरुमा तत्काल ढल गाढेर सुरक्षित गर्नुपर्ने बताउनु भयो । उहाँले काठमाडौंका यस्ता समस्याहरुको दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एक जना बालक बेपत्ता छन् । त्यहाँ फेरि पनि पानी आयो भने समस्या जस्ताको तस्तै छ । त्यसमा अहिले तत्काल ढल गाढेर अहिले तत्काल निकास दिन के गर्नुपर्छ ? र, दीर्घकालीन रुपमा समस्या समाधानका लागि तपाईहरुको कुरा के छ ? यसका लागि हामी अनुगमनमा जान पनि तयार छौं । यसको समाधानको कुरा सरकारबाट हामीले चाहेको हो ।’

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरु सफा गर्नुपर्ने अभियान चलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सडक निर्माणमा दीर्घकालीन योजना बन्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरु सफा गर्नुपर्छ । यो अभियान चलाउनुपर्छ । बाटो भन्दा तल बनेको घरमा पानीहरु पस्ने भएकाले त्यसको समाधान गर्नुपर्छ । सडक निर्माणमा दीर्घकालीन योजना नबनेको हो की भन्ने जस्तो लाग्छ । किनभने एकछिनमै बनायो, एकछिनमै भत्कायो छ, विदेशतिर बनिसकेपछि त्यसरी फेरि फेरि भत्काउने काम गरिँदैन । हाम्रोमा धेरै भत्किने नबनिने छ, ढलको समस्या ठूलो छ, भत्काउने नबनाउने, त्यसैले काम गरिसकेपछि त्यसलाई व्यवस्थित गर्नुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद ऐनबहादुर शाही ठकुरीले सामाखुशीको बाढीमा परी बेपत्ता भएका बालकको खोजि कार्य तिब्र बनाउनुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा यस किसिमका घटना हुन नदिन विपद्पूर्व तयारी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामाखुशीमा केही दिनअघि मात्रै विधान आलेमगर बेपत्ता हुनुभयो, त्यसका लागि आज ९ दिन भइसक्दासमेत उहाँको अवस्था जानकारी भइरहेको छैन, यसलाई अझै खोजि कार्य बढाउनुपर्छ । अब यस्ता घटना नदोहोरिउन्, यस्तो बेलामा सबै विपद्पूर्व तयारी होस् ।’

सांसद ठकुरीले काठमाडौंको ढल व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताउनु भयो ।