२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको गोलबजारमा युवकको शव फेला



(सांकेतिक तस्बिर)
अ+ अ-

लहान । सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

गागन खोला किनारको झाडीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुनसक्ने गोलबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रवीन्द्रराज पाण्डेले भन्नुभयो, “अन्यत्र कतै हत्या गरी शव झाडीमा फालिएको हो कि भन्ने शङ्का छ । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ ।”




भर्खरै