३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ठगको राजा: जसले ताज महल, राष्ट्रपति भवन नै बेचिदिए

ठगको राजा: जसले ताज महल, राष्ट्रपति भवन नै बेचिदिए
अ+ अ-

एजेन्सी । उनको नाम नै छ काफी । ठगको पर्यावाची नाम हो नटवरलाल । उनको नामलाई लिएर विभिन्न उखान समेत दिने गरिन्छ ।

नब्बेको दशकमा एकपछि अर्को गर्दै ठगीको समाचारहरु बाहिर आउन थाले । यसको रहस्य बाहिर आएपछि नटवरलाल एकाएक चर्चीत बने । कानुनको नजरमा नटरवरलाल दोषी ठहरिए पनि उनी यसलाई समाज सेवा मान्थे ।

आफ्नो पुर्ण जीवनमा उनले करोडौँ रुपैयाँ ठगे । उनले मानिसहरुलाई झुट बोलेर पैसा लिने गर्थे । उनी भन्थे,‘मेरो कुरा विश्वास गरेर उनीहरु मलाई पैसा दिन्थे । यसमा मेरो के दोष ।’

नटवरलाले दाबी गर्दै भनेका थिए,‘यदी सरकारले अनुमति दिएमा ठगीकै भरमा म देशको विदेशी ऋण तिरिदिनेछु ।’ ठगीकै कारण उनी मोस्टवान्टेड सुचीमा रहेका उनले विभिन्न सरकारी अड्डा, कार्यालयलाई धेरैपटक बेचे ।

नटरवरलालको असली नाम मिथिलेस कुमार श्रीवास्तव थियो । उनी पेशाले एक वकिल थिए । मिडिया रिपोर्टका अनुसार उनको जन्म भारतको सिवान जिल्लामा भएको थियो । आज उक्त गाउँमा नटवरलाललाई दन्त कथामा मानिसहरु सम्झने गर्छन् । उनले भारतका कैयौ ऐतिहासिक धरोहरहरु बेचे । त्यो पनि धेरै पटक ।

नटरवरलालले तीनपटक ताजमहल, दुईपटक लाल किल्ला र एकपटक राष्ट्रपति भवन बेचे । यतिमात्र नभइ उनले एकपटक त भारतको संसद भवन पनि बेचिदिए । उनी भेष बदल्न माहिर थिए । उनले एक पटक राष्ट्रपति राजेन्द्र प्रसादको भर्जी हस्ताक्षर गरेर ठगी गरेका थिए । ‘नटवरलाल’ उनको १२ नाममध्येको एक नाम हो । भनिन्छ नटवरलालले धिरुभाइ अम्बानी, रतन टाटा, बिर्ला लगायत धेरै सरकारी अधिकारीहरुलाई समेत ठगेका थिए । नटवरलाल पक्राउ पनि परे । उनलाई ११३ वर्षको जेल सजाय पनि भयो । उनविरुद्ध आठ राज्यमा १०० भन्दा बढी मुद्धा दर्ता भएका थिए ।

उनी आफ्नो जीवनकालमा ९ पटकसम्म पक्राउ परे । तर, कुनै न कुनै उपाय लगाएर उनी प्रहरीको नियन्त्रणबाट उम्किन सफल रहे । अन्तिम पटक जब उनी प्रहरी नियन्त्रणबाट भागे तब उनको उमेर ८४ वर्षको थियो ।

२४ जुलाई १९९६ मा उनलाई कानपुर जेलबाट एम्स अस्पताल उपचारका लागि ल्याइएको थियो । नयाँ दिल्ली स्थिति रेल्वे स्टेशनमा प्रहरीलाई झुक्काएर उनी भाग्न सफल भएका थिए । यो घटना पश्चात उनलाई कसैले पनि देखेन । नटवरलालले मरेको नाटक गरेर मानिसलाई ठग्ने काम गरे ।

सन् २००९ मा उनको वकिलले नटवरलालविरुद्ध लगाइएका आरोपहरु खारेज गर्न याचिका दायर गरेका थिए । २५ जुलाई २००९ मा नटवरलाल मरिसकेको उनले दाबी गरेका थिए ।

तर, नटवरलालको भाइका अनुसार उनको मृत्यु १३ वर्ष अगाडि १९९६ मा भइसकेको थियो । उनको जीवनबाट प्रेरित रहेर बलिउडमा मिस्टर नटवरलाल फिल्म पनि बनेको थियो जुन सफल पनि रह्यो ।

पछिल्लो समय इमरान हास्मीको राजा नटवरलाल फिल्म पनि बनेको थियो । नटवरलालबारे दुई खाले विचारहरु छन् । उनी एक दयावान व्यक्ति भएको र समाजको सेवा गर्थे भन्ने एकथरीको भनाइ छ भने अर्काथरी उनी अपराधी भएको बताउँछन् ।