६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोन पे अभियानका विजेता सिकर्मीले पाए ‘आइफोन १३’



अ+ अ-

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोन पेले ‘फोन पे गर्ने हो, बिजुलीको बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक अभियानको विजेता घोषणा गरेको छ।

फोन पेले जेठ महिना भरी लागू गरेको उक्त अभियानको विजेता अनुप सिकर्मी बनेका छन्। सिकर्मीलाई नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘आइफोन १३’ हस्तान्तरण गरेका हुन्।

निर्देशक घिसिङले विजेतालाई बधाई दिनुको साथै फोन पेले नेपालमा विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न चालिरहेको विभिन्न कदमहरूको पनि प्रशंसा गरे।

सम्पूर्ण नेपाली ग्राहकहरूलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरू थप्दै जाने र पुराना भुक्तानी माध्यमका अप्ठ्याराहरूलाई सजिलो बनाउँदै लैजाने संस्थाको लक्ष्य रहेको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जानकारी दिए ।