१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधा सम्पन्न जीवनयापन छाडेर देश निर्माणमा दिनरात दौडिएका छौं: रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थको लागि राजनीतिमा नआएको बताएका छन् ।

रास्वपा सुदूरपश्चिम-काठमाडौं भेलामा बोल्दै सभापति लामिछानेले आफूहरु प्रतिबद्ध भएर देश निर्माणको अभियानमा लागिरहेको बताए ।

आफूहरु व्यक्तिगत स्वार्थको लागि सुविधा सम्पन्न जीवन छाडेर राजनीतिमा आएको नभई चर्को आलोचना र गालीगलोजका बीचमा पनि देश निर्माणमा दिनरात दौडिरहेको उनको भनाई छ ।

‘मलगायत हाम्रा पार्टीका अधिकांश नेताहरु अन्त्यन्त सुविधा सम्पन्न जीवनयापन गरिरहेकै हुनुहुन्छ । ती सबै सुविधालाई छाडेर हामी असिनपसिन, धूलोमैलो, हिलोमाटो, झरीहुरी केही नभनी दिनरात दौडिएका छौं ।, उनले भने,व्यक्तिगत स्वार्थ र लाभको लागि भए यति धेरै गर्नुपर्ने नै थिएन । यत्रो आलोचना र गालीगलोजका बीचमा पनि हामी प्रतिबद्ध भएर कम्मर कसेर निस्किएका छौं ।’

अध्यक्ष लामिछानेले रास्वपाले आफ्नो नीति कार्यान्वयन गर्न २०८४ सालपछि सरकार बनाउनै पर्ने बताउदै विदेशमा भएकाहरुलाई पनि आगामि निर्वाचनमा भोट हाल्न आउन अनुरोध गरे ।