२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको कार्यालय अगाडि बालेनको डोजर, कार्यकर्ताले सडकमा गाडी तेर्स्याएर गरे अवरोध



अ+ अ-

काठमाडौँ । धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पार्टी कार्यालय भत्काउन काठमाडौँ महानगरपालिकाले तयारी गरेपछि कार्यकर्ताहरुले अवरोध सिर्जना गरेका छन् ।

पार्टी कार्यालय हटाउन महानगरपालिका डोजरसहित पुगेपछि कार्यकर्ताहरुले अवरोध गर्न थालेका हुन् । मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय हटाउन महानगरपालिकाका प्रमुख बालेन शाहले निर्देशन दिनुभएको थियो ।

कार्यकर्ताहरुले डोजर जाने बाटोमा गाडी तेर्स्याएर अवरोध गरेका छन् । पार्टी कार्यालय परिसरमा पनि नेता तथा कार्यकर्ताहरुको ठूलो भिड लागेको छ ।

तोकिएको समयमा कार्यालय नहटाइएको भन्दै महानगरपालिकाले उक्त भवन भत्काउन जान लागिएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको टोली डोजरसहित कार्यालय जान लागेको जानकारी दिनुभयो ।

यसअघि महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो ।

शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा पुगेर माइकिङ गर्दै तीन दिनभित्र पार्टी कार्यालय हटाउन आग्रह गरेको थियो । माइकिङमा भनिएको थियो, “यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाई खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ ।”

मापदण्डविपरित हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले कार्यालय हटाउन लागेको हो । यद्यपि राप्रपाले लिखितरुपमा कुनै जानकारी नगराएको भन्दै पार्टी कार्यालय भत्काउन महानगरले नपाउने दाबी गरेको छ ।