३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मुहर्रम: हुसैनको त्याग र बलिदानको सम्झना

मुहर्रम: हुसैनको त्याग र बलिदानको सम्झना
अ+ अ-

लुम्बिनी । इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो महिना पैगम्बर मुहम्मदका नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा धुमधामका साथ मनाइँदैछ ।

मुहर्रम २० जुलाई (साउन ४ गते) देखि सुरू भई २९ जुलाई (साउन १३ गते) सम्म मुहर्रम मनाइएको थियो । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमाम हुसैनले कर्बलाको लडाइमा शहादत प्राप्त गर्नुभएको थियो ।

मुहर्रम महिनाको पहिलो १० दिन इमाम हुसेनको शोकका रुपमा मनाउने गरिन्छ । यसलाई असुरा पनि भनिन्छ । हजरत इमाम हुसैन अफ्ना ७२ साथीसहित मोहर्रम महिनाको दशाँै दिन कर्बलाको मैदानमा सहिद हुनुभएको सम्झनामा उहाँको शहादत र बलिदानी स्मरण गर्दै यस दिनलाई विशेषरुपमा सम्झिने गरिएको छ ।

“हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिदविरूद्धको लडाइँमा उहाँको सेनाबाट परिवारका सदस्य र अन्य साथीसहित कर्बलाको मैदानमा सहिद हुनुभएको थियो । उहाँ समानता, न्याय र दयाका लागि लड्ने गर्नुहुन्थ्यो”, अब्दुल्ला अलिगलले बताउनुभयो ।

तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उहाँले सुनाउनुभयो । अलिगलका अनुसार विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।

हजरत इमाम हुसैन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति हुनुहुन्थ्यो । इमाम हुसैनका बालिद अर्थात् पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो । उहाँ पैगम्बरका ज्वाइँ हुनुहुन्थ्यो । इमाम हुसैनको आमाको नाम बिबी फातिमा थियो ।

हजरत अली धार्मिक तथा सामाजिक मुखिया हुनुहुन्थ्यो । उहाँलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको शहादतपछि मानिसहरू इमाम हसन ९हुसैनका दाजु०लाई खलिफा बनाउने पक्षमा हुनुहुन्थ्यो तर विद्रोह गरेर हजरत अमीर मुआविया खलिफा हुनुभयो ।

“सन् ६० हिजरीमा तत्कालीन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाहनुभयो । उहाँ सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहनुहुन्थ्यो । इंसानियत बचाउन याजिदको विरोधका इमाम हुसैनले कर्बलाको लडाइमा सहिद हुनुभयो”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मसुद नेपालीले बताउनुभयो ।

मुहर्रमको दशौँ दिन अर्थात् आसुराका दिन ताजियादारी गरिन्छ । इमाम हुसैनको इराकमा दरगाह छ । यसको हुबहु नक्कल गरी ताजिया बनाइन्छ । शिया उलेमाका अनुसार, मोहर्रमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ । यो दिन इमाम हुसैनको शहादतको सम्झनामा ताजियासहित जुलुस निकालिन्छ । ताजिया निकाल्ने परम्परा मात्र शिया समुदायमा छ, उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दूहरूले पनि ताजियासहित जुलुस निकाल्ने गरेका छन् ।

यो वर्ष देशअनुसार फरकफरक मितिमा मनाउने गरेको पाइन्छ । नेपालमा जस्तै भारत, पाकिस्तान र बङ्गलादेशमा पनि मुहर्रमको सुरुआत २० जुलाईदेखि भएको थियो । साउदी अरब, ओमान, कतर, इराक, बहराइन, संयुक्त अरब इमिरेट्सलगायतका अरब देशहरुमा मुहर्रम यो पर्व १९ जुलाईदेखि प्रारम्भ भई २८ जुलाइमा सकिएको थियो ।

यस शोकपूर्ण अध्यायमा हजरत इमाम हुसैनलाई एक दृढ व्यक्तिगतता र न्यायमयी स्वभावका कारणले एक धार्मिक नायक र मानवीय समर्थकको रूपमा चिनिएको छ । मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष नेपालीले भन्नुभयो, “हुसैनको त्याग र बलिदानले अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता प्राप्त गरेको छ । यसले अधिकारको मुद्दालाई समाजवादी परिवर्तनमा सहायक बन्ने प्रेरणा पनि प्रदान गरेको छ ।” रासस