२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: टोखामा तस्करले खोलेका थिए सुन ‘रिफ्रेमिङ’ कारखाना



फाईल फोटो
अ+ अ-

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ । टोखा गेट नजिक रहेको सो कारखानामा छापा मार्दा प्रहरीले सुन गाल्ने र रि-फ्रेम गरेको भेटिएपछि सिल गरेको छ ।

विभागको टोलीले उक्त कारखानाबाट आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ । तस्करी गर्ने समूहले चीनबाट ल्याएको सुन ‘रिफ्रेमिङ’ गरेर अर्कै स्वरुपमा परिणत गर्ने गरेको भेटिएको छ ।

रातभर छापा हानेर घरमा सिल गरेको अपरेशनमा खटिएका एक अधिकारीले बताए । उनले भने,‘यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ।’

हङकङबाट ब्रेक शुभित्र सुन नेपाल ल्याएर टोखाको फ्याक्ट्रीमा रिफ्रेम गरेर भारत तस्करी गर्ने गरेको आशंका गरिएको उनले बताए । यद्यपी, सुन कस्तो स्वरुपमा सुन परिणत गरिन्थ्यो भन्ने खुलाईएको छैन।

गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास गरेर बाहिरिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार मात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनाबाट एक जना नेपाली मुलका बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ ।

विभागले यस प्रकरणमा थप अनुसन्धान गरिरहेको छ।