२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: टोखामा तस्करले खोलेका थिए सुन ‘रिफ्रेमिङ’ कारखाना



फाईल फोटो
अ+ अ-

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ । टोखा गेट नजिक रहेको सो कारखानामा छापा मार्दा प्रहरीले सुन गाल्ने र रि-फ्रेम गरेको भेटिएपछि सिल गरेको छ ।

विभागको टोलीले उक्त कारखानाबाट आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ । तस्करी गर्ने समूहले चीनबाट ल्याएको सुन ‘रिफ्रेमिङ’ गरेर अर्कै स्वरुपमा परिणत गर्ने गरेको भेटिएको छ ।

रातभर छापा हानेर घरमा सिल गरेको अपरेशनमा खटिएका एक अधिकारीले बताए । उनले भने,‘यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ।’

हङकङबाट ब्रेक शुभित्र सुन नेपाल ल्याएर टोखाको फ्याक्ट्रीमा रिफ्रेम गरेर भारत तस्करी गर्ने गरेको आशंका गरिएको उनले बताए । यद्यपी, सुन कस्तो स्वरुपमा सुन परिणत गरिन्थ्यो भन्ने खुलाईएको छैन।

गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास गरेर बाहिरिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो ।

त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार मात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनाबाट एक जना नेपाली मुलका बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ ।

विभागले यस प्रकरणमा थप अनुसन्धान गरिरहेको छ।




भर्खरै