२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

देशैभरि उपचारमा समस्या, तर चितवनमा छैन अभाव

देशैभरि उपचारमा समस्या, तर चितवनमा छैन अभाव
अ अ+ अ-

चितवन । चितवन जिल्लालाई ‘मेडिकल सिटी’ का नामबाट पनि चिन्ने गरिन्छ । आम मानिसको बुझाइ यो शहरमा पुगेपछि उपचार नपाएर मर्नुपर्दैन भन्ने छ । यहाँका स्वास्थ्य संरचना एवं स्वास्थ्य संस्थाहरु र विशेषज्ञ चिकित्सकहरुको उपलब्धताका कारण यसो भनिएको हो । आम नागरिकको यो बुझाइलाई यतिखेर कोभिड सङ्क्रमणका विरुद्ध लडिरहेको चितवन जिल्लाले सत्य सावित गरेको छ । 

राजधानीलगायत ठूला शहरमा कोभिडको उपचार नपाएर धेरैले ज्यान गुमाउनु परेको गुनासो सुनिँदै गर्दा यहाँ भने हालसम्म यस्तो गुनासो सुन्नु परेको छैन । तथ्याङ्कमा अक्सिजन अभाव देखिए पनि यहाँका बिरामीले अक्सिजन नपाएर मर्नुपरेको छैन । श्ययाको अभावमा बिरामी भुईंमा राखेर उपचार गर्नुपर्ने अवस्था पनि अहिलेसम्म सिर्जना नभएको अस्पतालहरु बताउँछन् ।  

ठाउँठाउँमा बिरामी श्ययाको अभावमा छट्पटाईरहँदा यहाँका सरोकारवालाहरुले शय्या र अक्सिजनको अभाव हुने भन्दै समयमै तयारी गरेका कारण समस्या जटिल बन्न पाएको छैन । कोभिडको उपचार गरिरहेका अस्पतालहरुले श्यया विस्तार र अक्सिजनका प्लान्ट थप गरिरहेका छन् । दाताहरुले गरेको सहयोग पनि उल्लेखनीय छ । 

जिल्लामा श्यया र अक्सिजन मात्रै होइन, गम्भीर अवस्थाका विरामीको उपचार ९क्रिटिकल केयर० मा काम गर्ने जनशक्ति र उपकरणहरु पर्याप्त मात्रामा भएका कारण कोभिडसँग लड्न कठिनाई परेको छैन । अस्पताल भरिँदै गएपछि र अक्सिजनको अभाव हुने सङ्केत पाएपछि आफू चार रात नसुतेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताउनुहुन्छ । उहाँले भन्नुभयो “अहिलेसम्म कोभिड बिरामीका लागि कुनै किसिमको अभाव हुन दिएका छैनौँ र अभाव हुन नपाओस् भनेर पनि हामीहरु निरन्तर जुटिरहेका छौँ ।”

जिल्लामा रहेको सरकारी भरतपुर अस्पताल, दुई वटा मेडिकल कलेज, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुष्पाञ्जली अस्पतालले कोभिडका सङ्क्रमितहरुको उपचार गरिरहेका छन् । धेरै बिरामी थेग्दै आएको चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा।डा। हरिश्चन्द्र न्यौपाने राजधानी काठमाण्डौँभन्दा कोभिड उपचारमा जिल्ला उत्कृष्ट भएको दावी गर्नुहुन्छ । उहाँले भन्नुभयो “हामीसँग भएका श्यया, उपकरण, अक्सिजनको उपलब्धता, जनशक्ति सबै हेर्दा हामीले गरेको उपचार देशकै उत्कृष्ट छ ।” 

जिल्लाले मेडिकल सिटीको झल्को दिएको उहाँ बताउनुहुन्छ । उहाँले थप्नुभयो “हामीले अहिलेसम्म बिरामी अन्यत्र पठाउनु परेन । अन्यत्रबाट आएकालाई सेवा दिइरहेका छौँ ।” सो मेडिकल कलेजमा मात्रै ‘क्रिटिकल केयर’मा काम गर्ने २० जना जनशक्ति छन् । एनेस्थेसिया १२ जना, डिएम क्रिटिकल केयर २ जना र फेलोसिप ६ जना रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा १२ जना एमडि एमसिएच गरेका चिकित्सकसहित १६० जना विशेषज्ञ, ८० आवासीय र ५० जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । 

सात सय ५० श्ययाका अस्पतालसँगै ९२ वटा भेन्टिलेटर रहेको न्यौपाने बताउनुहुन्छ । तीमध्ये ५५ वटा कोभिडका लागि छुट्याइएको छ । यस्तै १६२ वटा कोभिड आईसियू र ७० वटा कोभिड एचडियु रहेको उहाँ बताउनुहुन्छ । 

कलेज अफ मेडिकल साइन्सेज् शिक्षण अस्पतालका आवासीय निर्देशक डा। मनोहर प्रधान ५६५ श्यया भएको अस्पतालमा कोभिडका लागि २०० श्यया छुट्याएको बताउनुहुन्छ । उहाँका अनुसार ९० आइसियू, ३० एचडियू र ८० साधारण श्यया कोभिडका लागि छुट्याईएको छ । जहाँ २५ वटा भेन्टिलेटर मध्ये १२ वटा कोभिडका लागि छुट्याइएको छ । ती श्ययाहरु अधिकांश बिरामीले भरिने गरेका छन् । हाइफ्लो नोजल पनि १७ वटा कोभिडका लागि छुट्याइएको छ । 

अस्पतालको क्रिटिकल केयर अध्ययन गरेका नौ जनासहित विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्वास्थ्यकर्मी कोभिड उपचारमा जुटेका उहाँले जानकारी दिनुभयो । अस्पतालमा एक सय ४८ जना विशेषज्ञ चिकित्सकसहित एक हजार ३०० भन्दा बढी कार्यरत छन् । तीमध्ये एमसिएच र डिएम गरेका मात्रै सात जना छन् भने छ जना अध्ययनरत समेत ‘प्राक्टिस’मा छन् । 

प्रधानले भन्नुभयो “हामीले जिल्लाका भन्दा बाहिरका धेरै बिरामी हेरेका छौँ ।” भारतबाट समेत बिरामी आएको उहाँको भनाई छ । प्रधानको भनाईमा देशकै नमूना र व्यवस्थित कोभिडको उपचार यहाँ हुन सकेको छ । जिल्लामा रहेका अस्पतालको शय्या जनशक्ति र व्यवस्थानका कारण आजसम्म बिरामीले बाहिरको जस्तो दुःख पाउन नपरेको प्रधानको दावी छ । यहाँका स्वास्थ्य अधिकारीहरुको तथ्याङ्कअनुसार चितवनमा आएका विरामीमध्ये ६० प्रतिशत अरु जिल्लाका छन् ।

सङ्घीय अस्पताल भरतपुरमा ५५५ शय्यामध्ये २०० शय्या कोभिडको लागि छुट्याइएको छ । अस्पतालमा २६ श्यया कोभिड आइसियू सञ्चालनमा रहेको छ । जहाँ १० वटा भेन्टिलेटर कोभिडका लागि प्रयोग गरिएको छ । अस्पतालमा रहेका अन्य पाँच वटा भेन्टिलेटर कोभिड बाहेकका बिरामीका लागि प्रयोग गरिएको छ । 

अस्पतालका १२ जना विशेषज्ञ चिकित्सकको नेतृत्वमा कोभिडको उपचार भईरहेको छ । अस्पतालमा १४७ जना चिकित्सक कार्यरत रहेका छन् । अस्पतालमा रहेका १० वटा ‘हाइफ्लो अक्सिजन नोजल’ मार्फत् कोभिडको उपचार गरिएको छ । निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा।जगन्नाथ तिवारीका अनुसार १९ भन्दा बढी जिल्लाबाट सङ्क्रमित यहाँ उपचारका लागि आएका छन् । 

कोभिड उपचारमा अस्पतालले नेतृत्व गरिरहेको उहाँको भनाई छ । अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारी परिवार इष्टमित्रले समेत हेर्न नसकेको अवस्थामा चिकित्सक स्वास्थ्यकर्मीले सहज उपचार गरिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “जिल्लामा सडकमा सङ्क्रमित बस्नु परेको छैन । अक्सिजन नपाएर कसैको ज्यान गएको छैन ।” देशकै नमूना व्यवस्थापन यहाँहरुका अस्पतालहरुले गरेको अधिकारीको दावी छ । 

जिल्लामा आठ हजारभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएको उदाहरण दिँदै उहाँले यहाँ विशेषज्ञ चिकित्सकदेखि अस्पतालका शय्याहरु व्यवस्थित र पर्याप्त भएकै कारण देशभरबाट बिरामी आउने गरेको बताउनुभयो । 

क्यान्सरको उपचार गरिरहेको यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशमा क्यान्सरका उपचार गराउनेमध्ये ७५ प्रतिशतको उपचार गराउने गर्दछ । यस समयमा १४० श्यया कोभिडका लागि छु्ट्याएर अस्पतालले उपचार गरिरहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतम अस्पतालमा नौवटा भेन्टिलेटर रहेकोमा दुईवटा कोभिडका लागि छुट्याईएको बताउनुहुन्छ । 

जिल्लामा २० वटा निजी अस्पताल रहेका छन् । निजी अस्पताल समन्वय समितिका सचिव बिक्रम अधिकारीका अनुसार ८५० शय्या ती अस्पतालमा छन् । जसमा ३० शय्याको सघन उपचार कक्ष रहेको छ । ती कक्षहरुमा ६ वटा भेन्टिलेटर समेत रहेको उहाँले जानकारी दिनुभयो । 

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार जिल्लामा ७३० शय्या कोभिडका लागि छुट्याइएको छ । ती शय्या बढाएर एक हजारसम्म पु¥याउन सक्ने उहाँको भनाई छ । आइसियू अभाव हुने गरेको भएपनि अन्य शय्या पर्याप्त रहेका छन् । अन्यत्र जस्तो बिरामीले उपचार नै नपाएको अवस्था यहाँ नरहेको उहाँको भनाई छ । जिल्लाका दुई मेडिकल कलेज र सरकारी अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट भएकाले उपचारमा सहज भएको छ । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा अहिले ५५३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । भरतपुर अस्पतालमा १६३ जना, चितवन मेडीकल कलेजमा १७६ जना, पुरानो मेडीकल कलेजमा १०२ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४१ जना, गुञ्जमान अस्पतालमा एक जना र अन्य अस्पतालहरुमा ३९ जनाकको उपचार भइरहेको छ । कार्यालयका अनुसार उपचारमा रहेकामध्ये २५३ जना आइसियूमा, ५२ जना एचएफएनसिमा, एचडियूमा ९६ जना र आइसोलेसनमा १८५ जना रहेका छन् । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल यहाँका अस्पतालले महानगर, जिल्ला मात्र नभएर देशका बिभिन्न क्षेत्रका बिरामीको पनि सहज रुपमा उपचार गरेको वताउनुहुन्छ । यो सङ्क्रमणमा उपचारमा भरतपुरले एउटा पहिचान बनाएको भन्दै उहाँले भन्नुभयो “विभिन्न जिल्लाबाट नेता र जनप्रतिनिधिको दैनिक फोन आउँछ । उनीहरुले पनि बिरामी एम्बुलेन्स र हेलिकप्टरबाट यहाँ ल्याएर उपचार गराइरहेका छन् ।” भरतपुर गएपछि उपचार पाइन्छ भन्ने विश्वास सबैलाई दिएको दाहालको भनाई छ । 
    
भरतपुर अस्पताल विकास समिति र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समिति सदस्य महानगरपालिका प्रमुख पदेन रहने प्रावधान छ । दाहालले दुबै सरकारी अस्पतालका अतिरिक्त यहाँका मेडिकल कलेजहरु कोभिड उपचारमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो “उपचारका लागि भरतपुर विश्वासको ठाउँ वन्यो ।”

भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहनुभएका बागमती प्रदेश सभा सदस्य विजय सुवेदी मेडिकल सिटीको रुपमा पूर्वाधार बन्दै गएका कारण उपचारका लागि निकै सजिलो भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “भरतपुर जाँदा उपचार पाइन्छ भन्ने भरोसा सबैलाई छ, त्यही अनुसारको सेवा जिल्लाले हाल दिएको पनि छ ।” 

छ वर्षअघिको भूकम्पको समयमा पनि यहाँका अस्पतालहरुले उपचारमा महत्वपूर्ण योगदान दिएको भन्दै उहाँले यहाँको स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।  

अस्पताल सञ्चालकहरु बोनम्यारो प्रत्यारोपण बाहेक नेपालमा हुने सबै खालका उपचार जिल्लामा हुने दावी गर्दछन् । कोभिडको उपचारमा कुशल व्यवस्थापन गरेर उत्कृष्ट सेवा दिइरहेको जिल्लाले ‘मेडिकल सिटी’को झल्को दिएको धेरैले यतिखेर महसुस गरेका छन् । 

–नारायण अधिकारी