२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकारबारे बाबुरामको प्रस्ताव– मध्यावधिमा जानु नै उपयुक्त



फाईल फोटो
अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेश सरकार निर्माणका लागि मध्यावधिमा जानु पर्ने बताएका छन् ।

कोशी  सरकार निर्माणमा जटिलता देखिएको भन्दै भट्टराईले मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका हुन् ।

‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’ उनले ट्विट गर्दै भनेका छन्, ‘यस्तै सत्तालिप्साले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’

सभामुखसहितको हस्ताक्षरसहित बनाएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाकोे सरकार गत शुक्रवार सर्वोच्च अदालतले उल्टाई दिएपछि कोशी सरकार निर्माणमा थप सकस परेको छ ।