२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

एमाले कार्यदल बैठक स्थगित

एमाले कार्यदल बैठक स्थगित
अ अ+ अ-

काठमाडौं । नेकपा कार्यदलको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो । 

कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन गर्नुपरेको जानकारी दिनुभयो ।  एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले यही जेठ २ गते १० सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । 

मङ्गलबार बसेको कार्यदलको पहिलो बैठकले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने र पार्टीपंक्तिलाई आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन   आह्वान गरेको थियो । 

कार्यदलमा विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्बाङ, विष्णुप्रसाद रिमाल, भीमबहादुर रावल, घनश्याम भुसाल, गोकर्णराज विष्ट, सुरेन्द्रप्रसाद पाण्डे र  पन्त रहनुभएको छ ।