२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह भएको २६ वर्षपछि नेपाल आएर जापानी महिलाले हालिन् बहुविवाहको मुद्दा



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं। एक जापानी महिलाले नेपाल आएर नेपाली पुरुषविरुद्ध बहुविवाहको मुद्दा हालेकी छिन्। विवाह भएको २६ वर्षपछि जापानी नागरिक नोरिको सुमियाले बहुविवाहको आरोपमा काभ्रेका भुवन अधिकारी र कान्छी श्रीमती मिरादेवी भट्टलाईलाई मुद्दा हालेकी हुन् ।

सुमियाको जाहेरीपछि प्रहरीले उनकी सौता २९ वर्षीया भट्टलाई पक्राउ गरेको थियो। तर, ७ महिनाको गर्भवती भएका कारण उनलाई पक्राउ गरेको दुई दिन मै तारेखमा छाडिएको थियो।

सुमियाको अनुसार नेपाल आएका बेला भुवनसँग भेट भएको र त्यहीबीच माया प्रेम बसेपछि उनीहरु दुवै जना जापान गएका थिए। उनीहरुले सन् १९९७ मा विवाह गरेका थिए। उनीहरुको दुई सन्तान पनि रहेका छन् । परिवारको आफू एक्लो सन्तान भएकाले श्रीमानले सम्पती बेचबिखन गरेर जापानमा होटल र नेपालमा जग्गा खरिद गरेको सुमियाले जाहोरीमा भनेकी छन् ।

लामो समयसम्म आफूसँग जापानमा रहेका भुवन पछिल्लो समय भने नियमित रुपमा नेपाल आवतजावत गर्ने गरेको र आफू र छोराहरुसँग राम्रो व्यवहार नगरेपछि नेपालमा अर्कै युवतीसँग विवाह गरेको चाल पाएको उनको भनाई छ । नेपाल आएर कुरा बुझ्दा भुवनको कान्छी श्रीमतीतर्फ छोरीसमेत भएको चाल पाएपछि जाहेरी दिएको उनको भनाई छ। हाल ४६ वर्षीय भुवन फरार रहेका छन्।

त्यसैगरी अनुसन्धानकै क्रममा मिरादेवीले सन् २०१७ मा आफू जापान गएको बेला भुवनसँग भेट भएको बताएकी छन्। भुवनको जेठी श्रीमती रहेको बारे थाहा भएको र पछि सम्बन्ध बिग्रिएर बेग्लाबेग्लै बस्ने गरेको उनले बयानमा भनेकी छन् ।

उनले आफू जापानमा हुँदा ३ वर्ष भुवनकै घरमा बसेको र सन् २०२० मा नेपाल फर्किएर बालुवाटारमा रहेको घरमा बस्ने गरेको बताएकी छन्। मिरादेवीले भुवन हाल जापानमै रहेको र उनले आफूलाई सुमियासँगको सम्बन्ध विच्छेद प्रकृया अन्तिम चरणमा पुगेको बताएका भनकी छन ।