२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो

शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो
अ अ+ अ-

महेन्द्रनगर । प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिनुभएको छ । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएअनुसार उहाँ यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेकले दिएको निर्देशनअनुरुप अस्पतालमा खटिनुभएको छ ।

सैनिक हवल्दार नेपालीको दैनिक अचेल मृतकका आफन्तलाई शव व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्रीबारे जानकारी गराउनदेखि मृतकको विवरण भर्ने, अस्पतालबाट महाकाली नदीका घाटसम्म शव पुर्याउन व्यवस्थापन गर्ने रहेको छ । “शुरुमा त कोरोना महामारीका रूपमा फैलिँदै गर्दा अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलहालमा घुलमिल भएर काम गर्न डर पनि थियो”, उहाँले भन्नुभयो, “पछि बानी पर्दै गयो र स्वास्थ्य सुरक्षालाई पनि ख्याल गर्दै दिइएको जिम्मेवारी निडर भएर पूरा गर्दैछौँ ।”

सेनातर्फ यहाँ कञ्चनपुर जिल्लाको श्रीदल गुल्मको जिम्मेवारी क्षेत्रमा पर्छ । सोहीअनुसार गुल्मले कोरोना कहरमा दिइएको जिम्मेवारीअनुसार यहाँको गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माणदेखि अन्य रणनीति बनाएर काम गरिरहेको छ । “कोरोना कहरमा सङ्क्रमणको सम्भावना त रहन्छ नै”, नेपालीले भन्नुभयो, “यहाँबाट अहिलेसम्म दैनिकजसो शवहरु व्यवस्थापनका लागि हाम्रै टोली घाटसम्म खट्दै आएको छ ।” उहाँले शववाहन जुटाउने तथा अस्पताल प्रशासनमार्फत स्वास्थ्य सामग्री मृतकका आफन्तलाई दिनेलगायतका काम सेनाले नै गरिरहेको बताउनुभयो ।

“शव व्यवस्थापनमा खटिने हाम्रो पाँच जनाको टोली ब्यारेकमा पछि छुट्टै क्वारेन्टिइन बनाएर बस्छ”, उहाँले भन्नुभयो, “घाटमा पनि धार्मिक परम्पराअनुसार हामीले मृतकका आफन्तलाई दाहसंस्कार गर्ने वातावरण बनाएका छौँ ।” उहाँले पछिल्लो केही दिनयता मृत्युदर पनि घटिरहेको पाइएको बताउनुभयो । “देशमा यस्तो समस्या परिरहेका बेला हाम्रो जिम्मेवारी, कर्तव्य र धर्मभित्र पनि पर्छ”, उहाँले भन्नुभयो, “देशले दिएको जिम्मेवारी बहन गर्नु हामी सिपाहीको धर्म हो ।”

गुल्मकै अर्का हवल्दार भुवन बस्याल एक महिना यहाँ सङ्क्रमितको शव व्यवस्थापनका खटिनुभयो । “शव व्यवस्थापन खटिँदाखटिँदै मलाई पनि सङ्क्रमण भयो”, क्वारेन्टिनमा रहेका उहाँले भन्नुभयो, “यस्तो महामारीमा ज्यान गुमाउने दाजुभाइको शव चितामा राखेर अन्तिम सलामी दिनु राम्रै कुरो हो ।” कोरोना निको हुने चरणमा रहेका उहाँले घर परिवारबाट पनि शव व्यवस्थापनमा खटिएको खबरले स्वास्थ्यप्रति ख्याल गर्न आग्रह आउने गरेको बताउनुभयो । “घर परिवारबाट पनि ड्युटीमा रहँदा स्वास्थ्यको ख्याल गर्न भनिन्छ”,  उहाँले भन्नुभयो, “यस्तो महामारीमा सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु सामाजिक दायित्वमा पर्छ ।”

त्यसैगरी श्रीदल गुल्मले वैशाख महिनामा मात्रै कञ्चनपुरमा ६० जनाको शव व्यवस्थापन गरेको गुल्मपति सेनानी प्रतीकसिंह कार्कीले जानकारी दिनुभयो । उहाँले शव व्यवस्थापनमा उच्च तालिमप्राप्त सैनिक टोली खटिएको जानकारी दिनुभयो । “प्रत्येक पाँच जनाको समूह बनाएर शव व्यवस्थापनमा चार टिम बनाएका छौँ”, उहाँले भन्नुभयो, “यस्तो महामारीमा दिएको जिम्मेवारी पूरा गर्नु हाम्रो दायित्वभित्र पर्छ ।”