२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा सरकार निर्माणमा सकसै सकसः सात दिनको समयावधिमा सरकार बन्ने सम्भावना न्यून



अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई नियुक्त भएको २२ दिनमै पदमुक्त गराएर नयाँ सरकार गठनको लागि सर्वोच्च अदालतले दिएको ७ दिनको समयमा सरकार बन्ने सम्भावना अत्यन्तै न्यून देखिएको छ ।

अदालतले बिहीबार पुनः संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको छ । सर्वोच्चले सभामुखलाई सरकार गठनमा भूमिका खेल्न नपाउने फैसला सुनाएका कारण आगामी दिनमा सत्ता गठबन्धनले सभामुखलाई प्रयोग गर्नसक्ने बाटो बन्द भएकोे छ । जसले गर्दा एमाले नेतृत्वको सरकार ढालेर गठबन्धनको नेतृत्वमा सरकार बनाएको दलहरूले उपधारा (२)अनुसार सरकार बनाउन आवश्यक बहुमत अर्थात ४७ सांसदको समर्थन ल्याउन सक्ने अवस्था देखिँदैन ।

सत्ता गठबन्धनले वा विपक्षी गठबन्धनको मत ४६–४६ भएको कारण पुनः दुवै गठबन्धनले राप्रपालाई फकाउनुपर्ने बाध्यता अगाडि आएको छ । आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवस्था सिर्जना भए राप्रपा आफूसँगै आउने भन्दै कांग्रेस र माओवादीले यसअघि पनि दाबी गरिरहेका थिए । तर, कांग्रेसले राप्रपालाई मनाउन सकेन ।

एता, संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले आफूलाई मुख्यमन्त्री बनाउन माग गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पनि बहुमत जुटाउने सम्भावना कम छ । दुवै पक्षले ७ दिनभित्र बहुमत पुर्याएर सरकार गठनको लागि दाबी पेस गर्न नै समस्या सिर्जना हुने देखिन्छ ।

एमालेले बहुमत सदस्यको हस्ताक्षर लिएर कोशी प्रदेश सरकार गठनको दाबी गर्न प्रदेश प्रमुखसमक्ष नजाने बताएको छ । रिटको विषयमा फैसला भएपछि एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत रहेर सरकार गठनको दाबी नगर्ने बताउनुभयो ।

उहाँले कोशी प्रदेश सभामा भएको दलहरूको सदस्य संख्याका आधारमा कांग्रेससहितको सत्तारुढ गठबन्धनको बहुमत नपुग्ने र धारा १६८ को उपधारा (३) अन्तर्गत सरकार गठन हुने दाबी गर्नुभयो । सर्वोच्चले १६८(२) अन्तर्गत रहेर सरकार गठनका लागि ७ दिनको समय दिएको छ । सो समयमा सरकार गठन हुन नसक्ने भन्दै एमाले नेतृत्वको सरकार स्वतः बन्ने दाबी गर्नुभयो ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापा कांग्रेसको २९ सांसद, नेकपा (माओवादी)को १२, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद तथा सभामुखको छुट्टै १ गरेर ४७ मत संख्या पुर्याएर गत असार २१ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपाल समाचारपत्र