२ माघ २०८१, बुधबार
,
Latest
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला लमजुङमा बढ्यो धान उत्पादन यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर भूकम्प सुरक्षा दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरी आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता काठमाडौँ महानगरपालिकामा दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर -फोटो फिचर ‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’ मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरण: चिनियाँ नागरिकको गोदाममा छापा, सय कार्टुन दारी काट्ने मेशिन भेटियो



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले भाडामा लिएको गोदाममा प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

बिहिबार प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकको गोदाममा छापा मारेको हो । सोहि क्रममा प्रहरीले १ सय कार्टुन दारी काट्ने मेशिन फेला पारी बरामद गरेको छ ।

गत साउन ३ मा राजस्व अनुसन्धान विभागले हङकङ हुँदै आएको सुन जडित ब्रेक सु विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरेको थियो।  सो प्रकरणमा प्रहरीले एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी,भन्सार एजेन्ट लगायतका गरी १७ जना पक्राउ पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सुन प्रकरणको मुख्य ब्यक्ति को हो भन्ने अझै पत्ता लागेको छैन । प्रहरी र विभागको टोलीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।