२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण

काठमाडौं महानगरका ३२ वटा वडा र त्रिवि शिक्षण अस्पताल गरी ३३ वटा केन्द्रबाट खोप दिइँदै

काठमाडौं महानगरका ३२ वटा वडा र त्रिवि शिक्षण अस्पताल गरी ३३ वटा केन्द्रबाट खोप दिइँदै
अ अ+ अ-

काठमाडौं । जेठ २ देखि ५ गतेसम्ममा काठमाडौँ महानगरका खोप केन्द्रबाट ४३ हजार १८ जनाले कोविडविरुद्धको खोप भेरोसेल (चाइनीज खोप) लिएका छन् । यो संख्या महानगरका वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रि. वि. शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ वटा खोप केन्द्रको संख्या हो । यसमा २३ हजार ४८५ जना पुरुष र १९ हजार ५३३ जना महिला रहेका छन् । 

जेठ ५ गते मात्र ५ हजार ८४७ पुरुष र ५ हजार ८९४ जना महिला गरी ११ हजार ७४१ जनाले खोप लिनुभएको थियो । यीमध्ये सबैभन्दा धेरै वडा २६ को खोप केन्द्र वडा लैनचौर २ हजार ४९२ जनाले खोप लिएका छन् भने त्यसपछि वडा १६ को १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट २ हजार ४२७ जनाले खोप लिए । तेस्रोमा वडा ३२ बाट २ हजार ३८५ जनाले खोप लिएका छन् । 

महानगरका ११ वटा वडामा खोप लिनेको संख्या १ हजारभन्दा कम रहेको छ । यी वडाहरुमा सबैभन्दा थोरै, वडा १९ बाट १ सय ९७ जनाले, त्यसपछि वडा २० मा ३ सय ९४ जना र तेस्रोमा वडा २४ मा ४०८ जनाले खोप लिएका छन् । त्यसपछि वडा  २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४ सय १९, ४ सय ४२, ४ सय ८७, ५ सय २५, ७ सय ६, ७ सय २९, ८ सय १३ र ९ सय ५ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । यसमा ०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा खोप लिएकाहरुलाई जेठ २ गते दोस्रो डोज लगाइएको थियो । 

जेठ ११ गतेसम्म चल्ने खोपमा (०७७) चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइँदैछ । यसका लागि तोकिएका दिनमा तोकिएका आफूलाई नजिक पर्ने खोप केन्द्रमा गएर खोप लगाउने व्यवस्था मिलाइएको छ । यस अवधिमा हरेक दिन विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर खोप केन्द्रमा गएपछि खोप लिन पाइन्छ । 

दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको हो । जसअनुसार २०७७ चैत २९ र ३० गते पहिलो खोप लिएका व्यक्तिहरुले जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकाले जेठ ४ गते र बैशाख ३ र ४ गते पहिलो खोप लगाएकाले बैशाख ५ गते दोस्रो मात्राको खोप लगाएका छन् । 

आज बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई दोस्रो खोप दिइँदैछ । भोलि (जेठ ७ गते) बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई र पर्सि (जेठ ८ गते) बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई दोस्रो मात्रा खोप दिइनेछ । बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ । 

महानगरमा भएका खोप केन्द्रहरुको व्यवस्थापन र लाभग्राहीका बारेमा जानकारी लिन महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित अधिकारीहरु खोप केन्द्रमा निरीक्षणका लागि जाने गर्नुभएको छ ।