काठमाडौं । लुम्बिनी अनुसन्धान केन्द्रका महासचिव विनोद विष्टको निधन भएको छ।
करिब ३० वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गराएका विष्टको उपचारार्थ काठमाडौंको ग्राण्डी अस्पतालमा गत राती १ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। अन्तिममा उनलाई कोरोना संक्रमण समेत देखिएको थियो।
ट्रान्सपरेन्सी नेपालमा सदस्य रहेका ७२ वर्षीय विष्ट 'मुक्ति श्री' व्यापारिक समूहमा अर्थ परामर्शदाताका रुपमा संलग्न थिए। विष्टका श्रीमती र दुई छोरा रहेका छन्।











