२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट: नेपालले लाओससँग खेल्ने



अ+ अ-

काठमाडौं । फिफा विश्वकप २०२६ का लागि एसियाली छनोटको प्लेअफ चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा भएको ड्र अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्न लागेको हो ।

अक्टोबरमा हुने दुई लेगको छनोटपछि नेपालको भविष्यको टुंगो लाग्नेछ । प्रारम्भिक चरणको छनोट होम एण्ड अवेको आधरमा खेलाइनेछ । छनोट खेल अक्टोबर १२ र १७ मा हुनेछ ।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गरेर आएका १० टोलीसहित ३६ टोलीलाई ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेता एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् ।

नेपालले गत चैतमा प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँग खेलेको थियो । भुटानसमेत सम्मिलित उक्त प्रतियोगितामा नेपालले फाइनलमा लाओसलाई नै हराएर उपाधि जितेको थियो ।

प्रारम्भिक चरण खेलतालिका: