२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु

पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु
अ अ+ अ-

इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको सुक्कुरका वरिष्ट प्रहरी अधिकृत इर्फान सामोले जानकारी दिनुभयो ।

उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइए पनि घुमाउरो राजमार्गमा चालकले तिब्र गतिमा बस दौडाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार दिएका छन् ।

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । रोहरी क्षेत्रको अस्पतालका प्रमुख पर्भेज अख्तरले छ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको अस्पतालमा उपचारका क्रममा ज्यान गएको जानकारी दिनुभयो ।

अख्तरले छ जनाको अवस्था निकै जटिल अवस्थामा रहेको बताउनुभयो । मृतक र घाइतेहरु सबै मुल्तानका रहेका छन् । रासस