२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो सुन प्रकरणबारे संसदमा जोडदार आवाज उठाउनेछौँः एमाले



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले करिव एक क्वीन्टल सुन प्रकरणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्ने भएको छ ।

बुधवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाको गम्भिरतापूर्वक छानबिन गरी मुख्य दोषीलाई कारबाही गर्न संसदमा सरकारसँग माग गर्ने निर्णय गरेको हो । सुन प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न संसदमा जोडदार माग गर्ने निर्णय गरिएको एमालेका सांसद रघुजी पन्तले जानकारी दिनुभयो । बैठकमा नेताहरुले सरकारले कुरा ठूला गरेको तर सो प्रकरणको छानबिनलाई गम्भिरतापूर्वक नलिएको बताएका थिए ।

सांसद पन्तले भन्नुभयो, ‘हाम्रो ध्यान चाहीँ यो जुन प्रकारको सुन पक्राउ परेको छ । र, पटकपटक त्यही कम्पनीको नाममा आएको कुरा बाहिर आएको छ । त्यसको गम्भिरतापूर्वक छानबिन हुनुपर्छ । त्यसको गहि¥याईसम्म पुगेर त्यसको भरियालाई होइन, त्यसको जरोसम्म पुगेर सुन ल्याउने मुख्य मान्छे को हो ? त्यसलाई पक्राउ गरेर जो सामेल त्यसलाई कारबाही गर्नुपर्छ । त्यसको लागि हामी जोडदार आवाज उठाउँछौं ।

काम चाहीँ यत्रो दिन भएको त्यो कम्पनीको मालिकलाई पक्राउ गर्न सकेको छैन सरकारले । अनि मन्त्रीहरु चाहीँ ठूल्ठूला कुरा गर्दै हिँड्ने । त्यो चाहीँ भएन । दोषीचाहीँ पत्ता लाग्नुप¥यो । दोषी जो हो, त्यसलाई जनतासमक्ष ल्याउनुप¥यो । र, कानुनी कारबाही गर्नुप¥यो । त्यसका लागि हामीले जोडदार कुरा उठाउँछौं ।’

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करिव एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।