४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

पछिल्लो सुन प्रकरणबारे संसदमा जोडदार आवाज उठाउनेछौँः एमाले

पछिल्लो सुन प्रकरणबारे संसदमा जोडदार आवाज उठाउनेछौँः एमाले
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले करिव एक क्वीन्टल सुन प्रकरणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्ने भएको छ ।

बुधवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाको गम्भिरतापूर्वक छानबिन गरी मुख्य दोषीलाई कारबाही गर्न संसदमा सरकारसँग माग गर्ने निर्णय गरेको हो । सुन प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न संसदमा जोडदार माग गर्ने निर्णय गरिएको एमालेका सांसद रघुजी पन्तले जानकारी दिनुभयो । बैठकमा नेताहरुले सरकारले कुरा ठूला गरेको तर सो प्रकरणको छानबिनलाई गम्भिरतापूर्वक नलिएको बताएका थिए ।

सांसद पन्तले भन्नुभयो, ‘हाम्रो ध्यान चाहीँ यो जुन प्रकारको सुन पक्राउ परेको छ । र, पटकपटक त्यही कम्पनीको नाममा आएको कुरा बाहिर आएको छ । त्यसको गम्भिरतापूर्वक छानबिन हुनुपर्छ । त्यसको गहि¥याईसम्म पुगेर त्यसको भरियालाई होइन, त्यसको जरोसम्म पुगेर सुन ल्याउने मुख्य मान्छे को हो ? त्यसलाई पक्राउ गरेर जो सामेल त्यसलाई कारबाही गर्नुपर्छ । त्यसको लागि हामी जोडदार आवाज उठाउँछौं ।

काम चाहीँ यत्रो दिन भएको त्यो कम्पनीको मालिकलाई पक्राउ गर्न सकेको छैन सरकारले । अनि मन्त्रीहरु चाहीँ ठूल्ठूला कुरा गर्दै हिँड्ने । त्यो चाहीँ भएन । दोषीचाहीँ पत्ता लाग्नुप¥यो । दोषी जो हो, त्यसलाई जनतासमक्ष ल्याउनुप¥यो । र, कानुनी कारबाही गर्नुप¥यो । त्यसका लागि हामीले जोडदार कुरा उठाउँछौं ।’

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करिव एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।