२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको निर्णय: गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवैध सुन आयात प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा भित्रिएको करिब सय किलो सुनबारे गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको संसदीय दलको बैठकले उक्त प्रकरणबारे आफ्ना धारणा संसदरमा राख्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

“सुन प्रकरणबारे गहिराइसम्म पुगेर गम्भीरतापूर्वक छानबिन हुनुपर्छ । भरियालाईमात्र होइन सुन ल्याउने मान्छे को हो त्यसको जडसम्म पुग्नुपर्छ”, बैठकपछि सांसद पन्तले भने, “सुन तस्करीमा जो जो सामेल छन् उनीहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ त्यसका लागि हामी जोडदार आवाज उठाउँछौँ ।”

संसद्मा एमालले आफ्नो कुरा राख्ने भन्दै उहाँले जवाफ कस्तो आउँछ थप कुरा त्यसपछि निर्णय गर्ने जानकारी दिनुभयो ।




भर्खरै