२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति देउवाले जवाफ दिने



कांग्रेस केन्द्रीय समिति बैठक । फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक केन्द्रीय पार्टी कार्यालय सानेपामा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो ।

साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । सोमबारको बैठकमा पनि पार्टी पदाधिकारी उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

आज बुधबारको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकको निष्कर्ष दिने कार्यक्रम रहेको जनाइएको छ ।