२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

निषेधाज्ञा उल्लङ्घन कायमै, चार हजार बढी सवारी साधन नियन्त्रणमा

निषेधाज्ञा उल्लङ्घन कायमै, चार हजार बढी सवारी साधन नियन्त्रणमा
अ अ+ अ-

काठमाडौं । विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन । सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लङ्घनको क्रम कायमै छ ।  

आज मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये एक हजार ४९७ गाडी र तीन हजार ३६२ मोटरसाइकल छ । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन । नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोई रु’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८३२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने २३४ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना तिराएर कारवाही गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो ।  तीन हजार ६०७ जनालाई सम्झाइ÷बुझाइ गरी छाडिएको छ । आज नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट ९४ खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १२० सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो । नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा नौ हजार ४४७ वटा सिलिन्डर सङ्कलन गरी सकेको छ ।