३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यस्तो अनौठो ठाउँः जहाँ महिलाले विवाहको लागि केटालाई कुट्छन्

यस्तो अनौठो ठाउँः जहाँ महिलाले विवाहको लागि केटालाई कुट्छन्
सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । संसारका हरेक देशमा विवाहको फरक–फरक चलन छ । केही परम्पराहरू धेरै विशेष छन्, जबकि केही आश्चर्यजनक छन् ।

छिमेकी मुलुक भारत विविधताको देश हो र यहाँ विभिन्न संस्कृति, परम्परा र रीतिरिवाजहरू पछ्याइएको छ । देशका हरेक राज्यमा फरक–फरक विवाह परम्परा पालना गरिन्छ । यस्तै एउटा परम्परा राजस्थानको जोधपुरमा पाइन्छ ।

जोधपुरमा एउटा मेला आयोजना गरिन्छ, जसमा महिलाले मात्र शासन गर्छन् । विश्वको यो अनुपम मेला १६ दिनसम्म चल्छ । मेला लागेपछि विवाहित महिलाहरू रातभर सडकमा निस्किन्छन् र पुरुषलाई लाठीले कुट्छन् । मेलाको सबैभन्दा खास कुरा के हो भने पुरुषले आफूलाई पिटाउँछन् र कसैलाई नराम्रो लाग्दैन । यो अनौठो मेलालाई बेन्तमार मेला पनि भनिन्छ ।

यो प्रथा जोधपुरमा परापूर्वकालदेखि चलिआएको बताइन्छ । यस प्रथामा भाउजुले आफ्नो जेठाजु र अन्य अविवाहित केटाहरूलाई लट्ठीले कुट्दै आफू कुमारी भएको बताउछिन् । अविवाहित केटालाई त्यसरी उखुले हानेपछि उसको छिट्टै बिहे हुने जनविश्वास छ ।

जोधपुरमा हुने यस मेलाको नाम ‘ढिंगा गभार’ हो । मेलामा १६ दिनसम्म गभार माताको पूजा गरिन्छ । त्यसपछि १६ औँ दिन महिलाहरू रातभर घरबाहिर बस्छन् । ढिंगाले विभिन्न समयमा गभारको आरती गर्छन् । यो मेलाको विशेष कुरा के हो भने विधवा महिलाहरुको पनि सहभागिता रहन्छ । यसो गर्नाले परिवारमा सुख र समृद्धि आउने विश्वास गरिन्छ ।

१६ दिनसम्म चल्ने मेलामा हरेक दिन ढिंगा गभार माताको पूजा गरिन्छ । पूजा गर्ने महिलाहरू १२ घण्टा निर्जल व्रत बस्छन् र दिनमा एक पटक मात्रै खाना खान्छन् । यो पूजा चैत्र शुक्लको तृतीयादेखि सुरु भई वैशाख कृष्ण पक्षको तृतीयासम्म चल्छ ।

पूजामा महिलाहरूले पहिले भित्तामा गभारको कलाकृति बनाउँछन् । भगवान शिव, गणेशजी, मुसा, सूर्य, चन्द्रमा र गगरी सहितको नारीको तस्बिर पनि काँचो रंगले बनाइन्छ । यसमा १६ अंकको विशेष महत्व रहेको छ भने १६ वटा महिलाले एकसाथ पूजा गर्ने गर्दछन् । यो संख्या घटाउन वा बढाउन सकिँदैन ।

राव जोधाले १४५९ मा जोधपुरको स्थापना गरेका थिए । त्यसबेलादेखि नै ढिंगा गभार पूजा सुरु भएको जनविश्वास छ । यो पूजाको परम्परा राजपरिवारबाट सुरु भएको हो । यो पूजा ५६४ वर्षदेखि चल्दै आएको छ ।