२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैनः विमलेन्द्र निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भएपनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काँग्रेस मात्रै रहेको जिकिर गर्नुभयो । उहाँले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताउनु भयो । उहाँले काँग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै काँग्रेसको अबको लक्ष्य रहेको बताउनु भयो ।

उहाँले भन्न्ुभयो, ‘पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्नेकुरा छैन, भर्सेस केही पनि छैन । पहिला पनि थिएन, अहिले पनि छैन, नेपाली काँग्रेस डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो, मनमा लागेको कुरा सबैले भन्छन् । संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै काँग्रेसको अबको लक्ष्य हो । किसान, मजदुर, दलित, महिलाको पक्षमा काम गर्ने हो ।

केन्द्रिय समितिमा सबैले छलफल गर्नुभएको छ, एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने छ, जनताको काम गर्ने एउटा आवाज लिएर निस्किन्छ । नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन्, देशमा अरु त कम्युनिष्ट छन्, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी छन्, लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काँग्रेस मात्रै छ ।’

नेता निधीले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेकुरामा काँग्रेस केन्द्रिय समिति बैठकमा छलफल भएको बताउनु भयो ।