• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द ★   वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा ★   सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री ★   पपुवा न्यूगिनीमा पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिए ★   सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएन: काँग्रेस ★   जलविद्युत् आयोजनाबाट रु २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी ★   कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने ★   प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गर्दै ★   गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना ★   बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च

मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैनः अध्यक्ष ढकाल



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको छ ।

आईतवार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा बिस्तारको लक्ष्य भन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताउनु भयो ।

उहाँले गत वर्ष १२.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्य भन्दा पनि घटेर चालु आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्यले अर्थतन्त्र चलायमान र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नसकिने दाबी गर्नुभयो। अध्यक्षले ढकालले निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा दिएका सुझावहरुको सम्बोधन नभएको बताउनु भयो । उहाँले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा भएपनि निजी क्षेत्रको अपेक्षा अनुसार मौद्रिक नीति नआएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा सुझावहरु दिएका थियौं । निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो । निजी क्षेत्रले दिएका केही सुझावहरु समेट्ने प्रयासहरु गरेको छ । मौद्रिक नीतिमा चालुपुँजी कर्जा मार्ग निर्देशनमा पुनारावलोकन गर्ने भनेको छ तर यस्तो गर्ने भनेर भनेको छैन । जोखिम भारका कुराहरु पनि थिए । त्यसमा पनि पुनरावलोकन गर्ने भनेको छ । मौद्रिक नीतिले कर्जा बिस्तारलाई ११.५ प्रतिशत गर्ने लक्ष्य राखेको छ । जसमा गत वर्षको मौद्रिक नीतिको लक्ष्य भन्दा पनि कम हो ।

सरकारको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन सक्दैन । निजी क्षेत्रले मौद्रिक नीति आएपनि निर्देशनहरु आउने बाँकी छ । निर्देशनमार्फत निजी क्षेत्रले दिएको सुझावहरुलाई अझै समेटेर जाँदा धेरै कुराहरुमा सकारात्मक हुन्छ भन्ने निजी क्षेत्रको घारणा रहेको छ । निजी क्षेत्रले राष्ट्र बैंकलाई नीति बनाउन दिने सुझावहरु मुलुकको अर्थतन्त्र चलायमान र मुलुकमा नै रोजगारी,सिर्जना होस् र राजश्व संकलन बढ्ने गरी दिने हो ।’

अध्यक्ष ढकालले मौद्रिक नीति आएपनि निर्देशनहरु आउन बाँकी रहेको भन्दै निर्देशनमार्फत निजी क्षेत्रले दिएको सुझावहरुलाई अझै समेटेर निर्देशन जारी गर्न माग गर्नुभयो। उहाँले निजी क्षेत्रले दिएका सुझावलाई निर्देशनमार्फत सम्बोधन गरे अर्थतन्त्र चलायमान बनाउन सहज हुने बताउनु भयो । उहाँलेनिजी क्षेत्रले राष्ट्र बैंकलाई नीति बनाउन दिने सुझावहरु मुलुकको अर्थतन्त्र चलायमान र मुलुकमा नै रोजगारी,सिर्जना र राजश्व संकलन बढ्ने गरी दिएको बताउनु भयो।