२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

गाजा पट्टीमा युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा

गाजा पट्टीमा युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा
अ अ+ अ-

गाजा सिटी –– इजरायलले ११ दिनदेखि गाजा पट्टीमा हमास विरुद्ध गरिरहेको भिषण बमबारी रोकेर युद्धविरामको घोषणा गरेको छ । युद्धविरामको घोषणासँगै प्यालेस्टिनी नागरिक खुशीले गाजाका सडकमा निस्किएका थिए ।

गाजा पट्टीमा सक्रिय हमास समूहका लडाकू विरुद्ध आक्रामक कारबाही गरेको इजरायलले संयुक्तराज्य अमेरिका समेत अन्तर्राष्ट्रिय समुदायको बारम्बारको अनुरोधलाई स्वीकार्दै युद्धविराम गरेको हो ।

हमास समूहको शक्तिलाई निस्तेज नपार्दासम्म जारी आक्रमण नरोक्ने भन्दै इजरायली सेनालाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले निर्देशन दिइरहनु भएको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २२७ जनाको मृत्यु भएको छ जसमा ६४ जना बालबालिका र ३८ जना महिला छन् । आक्रमणबाट एक हजार ६२० जनाभन्दा बढी घाइते भएका छन् । हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले १३० जना हमास लडाकू मारिएको दाबी गरेको छ ।

इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टिनी बिस्थापित भएका छन् ।

इजरायलतर्फ पाँच वर्षका एक बालक सहित १२ जनाको मृत्यु भएको छ ।

इजरायली आक्रमणबाट कम्तमिा १८ वटा अस्पताल र क्लिनिकमा क्षति पुगेको छ भने एउटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
पछिल्लो युद्ध शुरु भएयता गाजामा सरकार चलाइरहेको हमासका लडाकूले इजरायलमाथि हजारौं क्षेप्यास्त्र प्रहार गरेका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहूलाई एक हप्ताको बीचमा चार पटक फोन गरी युद्धबिराम गर्ने गरी आफ्ना आक्रामक कारबाही स्थगन गर्न आग्रह गर्नु भएको थियो । आर्थिक रुपमा जर्जर एवं इजरायली नाकाबन्दीका कारण जनजीवन कष्टप्रद रहेको गाजा पट्टीमा पछिल्लो युद्धका कारण मानवीय र भौतिक क्षति बढ्दै गएपछि बाइडेन प्रशासनमाथि युद्धबिराम गराउन दबाब बढेको थियो ।

इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि शुरु भएको हो । पूर्वी जेरुसेलमस्थित अल अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच निकै दिनदेखि जारी भिडन्त पश्चात हमास लडाकूले जेरुसेलमलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले हमास विरुद्ध कारबाही थालेको थियो ।

अल अक्सा मस्जिद परिसरमा प्रहरीको दमनका साथै यहूदीहरुले दर्जनौं प्यालेस्टिनी परिवारलाई विस्थापित गर्न खोजेपछि परिस्थिति अझ जटिल बनेको थियो ।

त्यसयता, इजरायलले सयौं हवाई हमला गरिसकेको छ । इजरायलको भनाईमा यी आक्रमणहरु हमासका सबै किसिमका पूर्वाधार ध्वस्त बनाउन केन्द्रित रहेको छ । हमासले पनि चार हजारभन्दा बढी क्षेप्यास्त्रहरु इजरायलतर्फ प्रहार गरेको जनाएको छ ।  

सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायल विरुद्ध प्रदर्शनहरु भएका छन् । एपी