३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भीर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

भीर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित
अ+ अ-

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भीरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहनुभएको छ ।

नाताले मामभाञ्जा (हस्तराम मामा र तीर्थमनी भाञ्जा) ले प¥याङ (मालिङ्गोको चोया प्रयोग गरेर बनाइएको भ¥याङ)बाट अक्करे भीर टेक्ने र समाउने दुवै ठाउँ नभएको अप्ठ्यारो भीरमा समेत गएर जोखिमपूर्ण अवस्थामा मह सिकार गर्ने गर्दै आउनुभएको छ । उहाँहरूको साथमा सुतारे, दोभाषे (कोट भाषामार्फत सहकर्मीलाई जानकारी दिने व्यक्ति) र अन्य दर्जनबढी सहयोगीले पनि साथ दिँदै आएका छन् ।

पछिल्लो समय अक्करे भीरबाट मौरीको मह सिकार गर्नु साहसिक र मनोरञ्जनको माध्यम बनेकाले युवापुस्ता आकर्षित भएका छन् । परापूर्वकालदेखि आफ्नो परम्परागतरुपमा भीर मौरीको मह सिकार गर्दै आउनुभएका तीर्थमनी र हस्तरामलाई अहिले सोही स्थानका ३५ वर्षीय धनकुमार राई, ३४ वर्षीय धर्मसिं राई, ३१ वर्षीय किशोर राई, २८ वर्षीय तिलक राई, २६ भैराज राई, २२ वर्षीय नैराज राई, २१ वर्षीय चुमाहाङ राई, ३८ वर्षीय किरण राई, ३७ वर्षीय जवानसिं राई, २२ वर्षीय रोशन राई, ३३ वर्षीय विशाल राई, र ३१ वर्षीय हरिध्वज राई साथ दिँदै आउनुभएको छ ।

उक्त मह लिन राजधानी काठमाडौँलगायत विभिन्न सहरमा बसोबास गर्दै आएका स्थानीयवाससी बेलाबखत गाउँ फर्किने गरेका छन् । शुक्रबारे फेदी निवासी राजन राईले आफू भीर मौरीको महकै लागि साथीसँग काठमाडौँबाट गाउँ फर्किएको बताउनुभयो ।

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भीर मौरीको मह सिकार गरिन्छ । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ । स्थानीय भाषामा मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ ।

प¥याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुँवा लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ । फेदीका दर्जनबढी भीरमा वर्षौँदेखि भीर मौरी बस्ने गरेको पाइएको छ । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभिर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभिर झरना, तेरावास्थित तेरावाभिरलगायत ठाउँमा वर्षौँ अघिदेखि भीर मौरी बस्दै आएको छ ।

भीर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने भीर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरुले बताउने गरेका छन् । फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भीर मौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताउनुभयो । “मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ । अहिले युवापुस्ता पनि यसमा आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई हामीले नै सिकायौँ । युवापुस्ता पेसेवार बन्दा आफूहरुलाई खुसी लागेको छ ।”

केपिलासगढी गाउँपालिकाकै वडा नं ७ सुङ्देल र भोजपुरका विभिन्न ठाउँमा भीर मौरीको मह झिक्न जाने गरिएको फेदीका युवा सिकारी किशोरले बताउनुभयो । “ भीर मौरीको महको माग दिनदिनै बढिरहेको छ । माग धान्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “मह काढेकै ठाउँमा एउटा जम्बो बोत्तल ९ड्यूको दुई दशमलव २५ लिटरको बोत्तल०को रु छ हजारमा बिक्री हुन्छ । यसवर्ष भीर मौरीको थोरै पोला भएकाले माग गर्ने सबैलाई पु¥याउन सकिएन । एउटा पोलामा कम्तीमा पनि आठ/दश बोतल मह हुन्छ ।”

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्लालगायत गाउँभरिका बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवको रूपमा भेला हुने गरेका छन् । फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुरलगायत ठाउँमा नि¥र्यात हुने गरेको छ । फेदीमा पाइने मह सिकार गर्ने प्रचलनलाई मुन्धुम ट्रेल (पद मार्ग)सँग जोडेर पर्या–पर्यटनको रूपमा विकास गर्न सकेमा स्थानीय बासिन्दाका लागि ठूलो आम्दानीको स्रोत हुने स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता लक्ष्मण राई ‘समीप साम्पाङ’ले बताउनुभभयो ।

“भीर मौरीको मह सिकार गर्नुका साथै फेदीमा साहसिक र भरपुर मनोरञ्जन गर्न पाइन्छ । भीर मौरी रहेको स्थान नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धम ट्रेलभन्दा करिब एक घण्टा टाढा ओरालो झरेपछि पुगिन्छ । मुन्धुम ट्रेल आउने पर्यटकलाई एक रात तेरावामा बास बसाएर भोलिपल्ट भीर मौरीको मह सिकार गराउन सकिन्छ”,समिपले भन्नुभयो, “ भीर मौरीको मह सिकार गर्न चाहने पर्यटकका लागि सरकारले विशेष योजना बनाएर पर्यटन प्रवद्र्धन गराउनुपर्र्छ । यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले ध्यान दिन जरुरी छ ।”

पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण फेदीमा भीरमौरी मासिदै गएको वृद्ध सिकारी तीर्थमानले बताउनुभयो । “पहिले पहिले एउटै भीरमा नौँ/दश पोला मैरी हुन्थ्यो । एउटा भीरको मह काढ्न हप्ता दिनसम्म लाग्थ्यो”, उहाँले भन्नुभयो, “अहिले विभिन्न कारणले भीर मौरी घट्दै गएको छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।”

भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई पर्यटनसँग जोड्नेगरी गाउँपालिकाबाटै योजना बनाउने तयारी गरिएको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताउनुभयो। “हामीले भीरमौरी संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना बनाउने तयारी गरेका छौँ । भीर मौरीको महको माग पनि प्रशस्त भएकाले स्थानीय बासिन्दालाई मात्र नभइ गाउँपालिकाका लागिसमेत यसैबाट मनग्गे आम्दानी हुने सम्भावना देखिएको छ”, उहाँले भन्नुभयो, “पराम्परागतरूपमा गरिँदै आएको भीरमौरीको सिकारलाई कसरी परिस्कृत गर्ने भन्नेमा पनि छलफल भइरहेको छ ।

परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेको पाइयो । यसले अन्य पोला विस्तारमा असर पुगेको हामीले महसुस गरेका छौँ । आगामी दिनमा कम क्षति हुनेगरी सिकार गर्ने उपायसमेत खोज्दै छौँ ।”फेदीका बासिन्दाले उँधौलीको समयमा कात्तिक–मङ्सिर तथा उँभौलीको समयमा जेठ–असारगरी दुईचोटी भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा कम्तीमा पनि रु पाँच लाखदेखि रु छ लाखसम्मको मह सिकार हुने गरेको स्थानीय बासिन्दाले बताए ।

किरात राई (साम्पाङ) समुदायले भीरमौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कारसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात पितृ (दिबङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादको रुपमा ग्रहण गर्छन् ।

दस स्थानीय तह रहेको खोटाङमा भीर मौरी केपिलासगढी गाउँपालिमामात्र पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई पर्यटनसँग जोड्न सके जिल्लाकै आर्थिक समृद्धिमा टेवा पुग्ने पर्यटन व्यवसायीहरुले बताए । तस्वीर उपलब्ध छ । रासस