३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

महोत्तरीका चार पौराणिक शिव मन्दिरमा भक्तजनको घुइँचो

महोत्तरीका चार पौराणिक शिव मन्दिरमा भक्तजनको घुइँचो
अ+ अ-

जलेश्वर । साउनका प्रत्येक सोमबार श्रद्धापूर्वक मनाइने सोमबारी मेला (बोलबम)को अवसरमा आज पनि महोत्तरीका चार पौराणिक शिव मन्दिरहरुमा भक्तजनको अपार भीड लागेको छ ।

जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ, बर्दिबास नगरपालिकामा अवस्थित बाबा टुटेश्वरनाथ, भङ्गहा नगरपालिकामा अवस्थित बाबा सिद्धेश्वरनाथ र सोनमा गाउँपालिकामा अवस्थित बाबा मङ्गलनाथको मन्दिरमा भगवान शिवको पूजाअर्चना गर्ने दर्शनार्थी श्रद्धालुको आज बिहानैदेखि अपार भीड लागेको हो ।

जिल्लाका चारै कुनामा रहेका यी चार महादेवको मन्दिरमा आजका दिन भक्तजन नेपाल र भातर विभिन्न पवित्र नदी, पोखरी र तलाऊबाट जल भरेर पैदल यात्रा (बोलबम यात्रा) गरी बाबा महादेवलाई जल अर्पण गर्दछन् । विभिन्न नदी, तलाऊ र पोखरीबाट जल भरेर पैदल हिँड्दै काँधमा काँवर राखेर तथा धेरैजसोले हातमै पनि डिब्बा र अन्य भाँडोमा जल ल्याएर शिवालयहरुमा अर्पण गर्ने परम्परा र कार्यलाई नै बोलबम यात्रा भनिन्छ ।

यस बोलबम यात्रा भगवान शिवलाई निक्कै प्रिय रहेको र यस यात्रा गर्ने भक्तजनलाई शिवलोक प्राप्त हुने जनविश्वास रहेको जलेश्वरका वयोवृद्ध पुजारी कालिकान्त झा बताउनुहुन्छ ।

सोमबारी पर्वको अवसरमा प्राचीन तथा पुरातात्विक महत्व राख्ने महोत्तरीको दक्षिणमा अवस्थित बाबा जलेश्वरनाथ, पश्चिममा अवस्थित बाबा मङ्गलनाथ, उत्तरमा अवस्थित बाबा टुटेश्वरनाथ र पूर्वमा अवस्थित बाबा सिद्धेश्वरनाथ गरी चार ऐतिहासिक एवं पौराणिक महादेवको मन्दिरसहित जिल्लाका सबै शिवालयमा आज भक्तजनको अपार भीड लागेको छ । महोत्तरीको जलेश्वर, राजा जनकको राजधानी जनकपुरको दक्षिणद्वारको रुपमा रहेको पुराणमा वर्णित छन् भने पदम पुराणका अनुसार जलेश्वरनाथ महादेव स्वयं रुद्रबाट स्थापना भएको हो ।

रुद्रायतन्त्र ग्रन्थमा त्रेता युगमा राजा जनकको राज्यको सिमानाको चारैतिर सीताको रक्षाकवचको रुपमा स्वयम् महादेवले पहरेदारी दिने भएकाले जनकपुरको पूर्वोतर कुनामा कपिलेश्वरनाथ, उत्तरमा क्षीरेश्वरनाथ, दक्षिणपूर्वमा कल्याणेश्वर र पश्चिम दक्षिण कुनामा जलेश्वरनाथ महादेव प्रतिष्ठित भएकाले यो महादेवको दर्शन गर्नाले चार देवस्थलको पुण्य मिल्ने विश्वास रहेकोले सोमबारी मेलाको अवसरमा यहाँ दर्शनार्थीको अपार भीड लाग्ने गरेको छ ।

यहाँको शिव लिङ्ग बाह्रैकाल जलाशयमा रहने हुँदा जलेश्वरनाथ नामाकरण भएको किम्बदन्ती छ । जलेश्वरनाथमा लागेको सोमबारी मेलालाई व्यवस्थित बनाउनका लागि जलेश्वरनाथ महादेव संरक्षण समितिद्धारा निःशुल्क स्वास्थ्य शिविर, आवास, खानेपानीको व्यवस्था गरिएको छ, भने शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताउनुभएको छ ।

पौराणीक मतअनुसार मिथिला नरेश जनकले स्थापना गरेको यस शिवालयको दर्शन मात्रले सम्पूर्ण पाप कट्टी भई पुण्य कमाइने जनविश्वासका कारण भक्तजनको भीड लाग्ने गरेको हो ।

बोलबमको अवसरमा भक्तजनको चापलाई दृष्टिगत गरी सबैले सुविधापूर्वक दर्शन गरुन भन्ने मनशायले यो पटक प्रर्याप्त व्यवस्था मिलाइएको मेला समितिले जनाएको छ । सोमबारीको अवसरमा यहाँ धेरै भत्तजन निराहार व्रत बस्ने तथा अधिकांशले दर्शन पश्चातमात्र अन्न जल ग्रहण गर्ने परम्परा रहेको छ ।

सोमबारीको दिन तराई–मधेसका किसानले राम्रो कृषि उत्पादन तथा सहकालको कामना गर्दै तथा सु–स्वास्थ्यका लागि भगवान आसुतोषलाई भण्टाकोभार चढाउने परम्परा पनि रहेको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । सोमबारीको पुण्य दिन पारेर आज जलेश्वरनाथ मन्दिर परिसरमा बालकको मुण्डन गर्ने प्रचलनसमेत रहेको छ ।

यस्तैगरी जिल्लाको उत्तरवर्ती बर्दिबासमा अवस्थित बाबा टुटेश्वरनाथ महादेव, भङ्गाहा नगरपालिकामा अवस्थित बाबा सिद्धेश्वरनाथ महादेव र सोनमा गाउँपालिकामा अवस्थित मङ्गलनाथ महादेव मन्दिरमासमेत भक्तजनको भीड तथा पूजाकीर्तनले वातावरण भक्तिमय पारेको छ । सदरमुकाम जलेश्वरमा रहेको जलेश्वरनाथ महादेवपछि सोनमा गाउँपालिकामा रहेका मङ्गलनाथ महादेवमा सबैभन्दा बढी धार्मिक क्रिलयाकलाप, धर्म उत्सव एवं रमाइलो मेला लाग्ने गरेको कारण मङ्गलनाथ महादेव मन्दिर सोमबारी मेलाको अवसरमा आर्कषणको केन्द्र बन्ने गरेको छ ।

सदरमुकाम जलेश्वरमा रहेका जलेश्वरनाथ महादेव मन्दिरमा जिल्लाको दक्षिणी, पूर्वी भेगका गाउँबस्तीका साथै छिमेकी राष्ट्र भारतका भक्तजनको भीड लाग्ने गर्दछ भने सोनमा गाउँपालिकामा रहेका महादेव मङ्गलनाथको मन्दिरमा जिल्लाको पश्चिमी क्षेत्रका भक्तजनसहित छिमेकी जिल्ला सर्लाही र केही भारतका भक्तजन पनि पूजा, अर्चनाको लागि पुग्ने गर्दछन् ।

त्यस्तै जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको टुटेश्वरनाथ महादेव मन्दिरमा महोत्तरीसहित सिन्धुली, सर्लाही समेतका भक्तजन आउने गर्दछन् भने भङ्गाहा नगरपालिकाका सिद्धेश्वरनाथ महादेव जिल्लाको पूर्व उत्तरवर्ती गाउँबस्ती भक्तजनसहित धनुषाका भक्तजनको आस्थाका केन्द्रको रुपमा रहेको छ । रासस