२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको छः विप्लव



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको बताउनु भएको छ ।

माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उहाँले सो प्रतिक्रिया दिनु भएको हो । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उहाँले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुशीको कुरा भएको बताउनु भयो ।

भ्रष्टाचार विरोधी लडाईमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिईरहेको दावी समेत गर्नु भयो । उहाँले श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागि रहेको समेत बताउनु भयो । महासचिव विप्लवले भन्नु भयो, ‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ । खुशी पनि लागेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माअ‍ोवादी केन्द्र)को नेतृत्वमा सरकार छ । र, हाम्रो उपेन्द्र यादव कमरेड पनि हुन्छ । अरु समाजवादी पार्टीहरु पनि सबै हुनुहुन्छ । र, एउटा लडाई जस्तो पनि देखिएको छ । यो राम्रो कुरा हो । हामीले भनेका छौं–सरकारले त्यो लडाईँ लडनु पर्छ । सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ । र, हामीले दिएका पनि छौं । यो सही कुरा हो । र, यो स्मरणीय कुरा के भएको छ भने हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नु भन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको भए शायद लाग्दैन थियो होला भन्ने पनि मलाई अहिले सम्झना भईरहेको छ ।’

महासचिव विप्लवले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकीर समेत गर्नु भयो । यो व्यवस्था रहेकै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको उहाँको बुझाई थियो ।