४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

नेतालाई रवीन्द्र मिश्रका एक दर्जन प्रश्न

नेतालाई रवीन्द्र मिश्रका एक दर्जन प्रश्न
फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी ३० वर्षपछि नेपालको अवस्थाबारे राजनीतिकर्मीहरुलाई एक दर्जन प्रश्न सोध्नुभएको छ ।

उहाँले देशको दीर्घकालीन हितका लागि राजनीति गर्ने हो भने राजनीतिकर्मीहरुले यी प्रश्नबारे मनन गर्नै पर्छ भन्दै ट्विट गर्नुभएको छ ।

हुन त काठमाडौँजस्तो धर्म, संस्कृति, सभ्यता र सौन्दर्य बोकेको उपत्यकामा ५ वर्षपछि ट्राफिकको अवस्था कस्तो होला भनेर नसोच्ने राजनीति भएको देशमा राजनीतिकर्मीलाई सोधिएको प्रश्नको कुनै अर्थ नलाग्ने उहाँको भनाइ छ ।

“तर पनि लाग्ने कुरा के हो भने, ३० वर्षपछिको नेपाल नसोच्ने हो भने बिग्रिएको देशलाई थप बिगार्न किन राजनीति गर्नु ? भन्नुहोला, चुनाव हार्नेले ठूला कुरा गर्ने ? तर यति बुझिदिनोस् कि अपवादलाई छोडेर चुनाव जित्नेले बिगारेको देश हो यो।”

उहाँले सोध्नुभएका एक दर्जन प्रश्न यस्ता छन्–

१. ३० वर्षपछि नेपाल कुन स्तरको विश्व भूराजनीतिक भूमरीमा पर्ला ?

२. ३० वर्षपछि नेपालभित्रको धार्मिकरजातीय माहोल कस्तो होला ?

३.३० वर्षपछि नेपालका प्रमुख संस्थाहरूको इमान र दक्षता कस्तो होला ?

४. ३० वर्षपछि नेपालको सार्वजनिक शिक्षा र स्वास्थ्यको स्तर कस्तो होला ?

५. ३० वर्षपछि नेपालको सामाजिक सुरक्षाको अवस्था कस्तो होला ?

६. ३० वर्षपछि नेपालको पूर्वाधार र आर्थिक विकासको स्तर कस्तो होला ?

७. ३० वर्षपछि शहरी विकास र भूउपयोगको रूप कस्तो होला ?

८. ३० वर्षपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या कति होला ?

९. ३० वर्षपछि दक्ष जनशक्ति पलायनको अवस्था कस्तो होला ?

१०. ३० वर्षपछि जलवायु परिवर्तनको नेपालमा कस्तो असर पर्ला ?

११. ३० वर्षपछि स्व–इच्छाले नेपालमा बस्न चाहनेको संख्या कति होला ?

१२. ३० वर्षपछिको नेपाल हरेक दृष्टिकोणबाट कस्तो देश होला ?