२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो

ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो
अ अ+ अ-

सियोलः औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ । खासगरी विदेशीहरुले स्थानीय ऋणपत्र (बोन्ड) व्यापक रुपमा खरिद गरेका कारण ऋणभार बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरण उल्लेख छ । 

बैंकका अनुसार मार्चको अन्त्यसम्ममा बाह्य दायित्व बढेर ५६६ अर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा २१ अर्ब डलरले बढी हो । 

कोरियाली अर्थतन्त्र निकै सबल रहेका कारण पनि विदेशी लगानीकर्ताहरुले कोरियाली ऋणपत्रमा लगानी बढाएको देखिएको छ । कोरियाको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० पहिलो त्रैमासिक अवधिमा १।६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि कोभिड–१९ शुरु हुनुभन्दा अघिको अवस्थामा पुगेको बैंकले जनाएको छ ।

देशको विदेशी मुद्रा सञ्चयको तुलनामा अल्पकालीन वैदेशिक ऋणको अंश १.२ प्रतिशतले बृद्धि भएर ३७.१ प्रतिशत पुगेको छ । 

यसैगरी, बाह्य ऋणको भार मार्चको अन्त्यसम्ममा १० खर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा करिब तीन अर्ब डलरले बढी हो ।