२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

प्रधानमन्त्री ओलीले बुझाए एमाले र जसपाका सबै १५३ सांसदको हस्ताक्षर

प्रधानमन्त्री ओलीले बुझाए एमाले र जसपाका सबै १५३ सांसदको हस्ताक्षर
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन आह्वान गरेपछि आज अपरान्ह प्रधानमन्त्री केपी ओलीले एमालेका १२१ र जनता समाजवादीका ३२ जना गरी १५३ जनाको हस्ताक्षर राष्टपति कार्यालयमा बुझाइसकेको बुझिएको छ । 

सरकार बनाउन आवश्यक संख्या १३६ हो । त्यसै बमोजिम उनले संसदको हस्ताक्षर बुझाएका थिए । आज बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनपछि लगत्तै प्रधानमन्त्रीले सो हस्ताक्षर राष्टपति कार्यालयमा बुझाइसकेको बुझिएको छ ।

नेकपा एमाले र जसपाका सबैजनाको हस्ताक्षर उनीहरुले बुझाएका शीतल निवास स्रोतले जनाएको छ । 

तर यता काँग्रेस अध्यक्ष शेरबहादुर देउवाले १४९ जनाको हस्ताक्ष लगेर शीतल निवास पुगेका छन् ।   

देउवालाई एमालेका माधव नेपालका २७ जनाले समर्थन गरेका छन् भने माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहको समर्थन रहेको छ । उनाीहरुले पनि प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेको पत्रका साथ आफूहरु पनि शीतल निवास जम्मा भएका छन् । 

अब यहाँ एमालेका र जसपाका सांसदको हस्ताक्षर दोहोरो परेपछि विवाद हुने देखिएको छ । नेकपा एमालेको तथा जसपाको संसदीय दलले लगेको हस्ताक्षर मान्ने कि व्यक्तिको भन्ने विषयमा राष्ट्रपति कार्यालयमा दुविधा हुने देखिएको छ ।