२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

एमाले कार्यदलः नेपाल पक्षका सांसदहरुको भूमिकामाथि प्रश्न उठ्यो

एमाले कार्यदलः नेपाल पक्षका सांसदहरुको भूमिकामाथि प्रश्न उठ्यो
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलमा बरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुको भुमिका माथि प्रश्न उठेको छ । 

शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई मतदान नगरेको तथा प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको भन्दै भूमिकामाथि प्रश्न उठेको हो । 

बैठकमा नेता नेपाल पक्षका कार्यदलमा सहभागी नेताहरुले पुनः संसद विघटनको आशंका व्यक्त गरेका थिए । कार्यदल सदस्य प्रदीप कुमार ज्ञवालीले संसद विघटन नहुने आश्वासन दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘राष्ट्रियसभा उपनिर्वाचनमा देखिएका परिदृश्यहरु, आज शेरबहादुर देउवालाई सरकार बनाउने सन्दर्भमा माधव नेपालसहित कतिपय मान्यहरुका हस्ताक्षरका विषयहरु लगायतका विभिन्न प्रश्नहरुमा हामीले छलफलहरु गरेका छौँ । साथिहरुले संसदको विघटन हुने हो कि भन्ने चिन्ता पनि प्रकट गर्नुभाको छ । हामीले संसद विघटन हुँदैन भन्ने कुरामा चाहीँ विभिन्न ढंगले आश्वस्त तुल्याउने कोसिसहरु गरेका छौँ । आज हामीले कुनै निष्कर्ष निकालेका छैनौं । विभिन्न कोणबाट छलफलहरु गरेर पार्टी एकतालाई जोगाउन हरसम्भव प्रयत्न गर्ने कुराकानी गरेर उठेका छौँ हामी छिट्टै फेरि बस्छौँ ।’

ज्ञवालीले माधव नेपाल समुहका सांसदहरुले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्नु गम्भिर कुरा भएको टिप्पणी गर्नुभयो । कम्युनिष्ट पार्टीमा त्यस्तो कुराको कल्पना नगरिने भन्दै उहाँले कल्पना बाहिरका विषय उठेका र तिनको समिक्षा गर्दै समाधान गर्ने हरसम्भव प्रयत्नका साथ अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘त्यो धेरै गम्भिर कुरा हो । कार्यदलका साथीहरुमा पार्टी भित्रको संकटलाई हरसम्भव तरिकाले समाधान गरेर जानुपर्छ भन्ने भको नाताले गम्भिरतापूर्वक छलफल गरेका छौँ । तर छलफलका सबै कोणहरु म यहाँहरुलाई अहिले बताउन असमर्थ छु । जे सुकै भएपनि यहाँहरुले भन्नुभाको कुरा एकदमै गम्भिर हो । 
सामान्यतया कुनैपनि दलहरुमा त्यस्ता कुराको परिकल्पना गरिदैनँ । झनै कम्युनिष्ट पार्टीमा त त्यो कुराको अपेक्षा, कल्पनै गरिदैन । कल्पना भन्दा बाहिरको कुरा हो । कल्पना बाहिरका कतिपय विषय उठिराखेका छन् । यसको समिक्षा गर्दै यसको समाधान गर्ने हरसम्भव प्रयत्नका साथ हामी अगाडी बढ्छौँ ।’

नेकपा(एमाले)को विवाद समाधान गर्न दुवै पक्ष सम्मिलित कार्यदल बनेपनि बिहिबारको राष्ट्रिय सभा उपनिर्वाचनमा नेता नेपाल पक्षले असहयोग गर्नु र प्रधामन्त्रीमा विपक्षी दललाई सघाएको घटनाबाट अध्यक्ष ओली पक्षलाई शंका पैदा गराएको छ ।